कविता : रहर

~पवन आलोक~

एउटा आकाश बोकेको छु मैले
त्यसका सारा बादलहरू रित्याउने एउटा रहर छ
एउटा क्षितिज बोकेको छु मैले
त्यसका सारा शून्यहरू पार गर्ने एउटा रहर छ

पानी पर्नु नपर्नु बेग्लै कुरा हो
घाम लाग्नु नलाग्नु बेग्लै कुरा हो
एउटा हिमाल बोकेको छु मैले
त्यसमा सगरमाथाको उचाइ थप्ने रहर छ
एउटा देश बोकेको छु मैले
त्यसमा सुन्दर बुट्टाहरू कोर्ने रहर छ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.