~सदानन्द अभागी~
महानन्द लेख्दै गजलमा तराना
गए भेट्न साथी विहानै घराना
तताएर पानी गिलासै भराई
मित्रैलेत ल्याए यही भो सराना
पिलाएर पानी जसै ती रमाए
उनैले त खोल्छन् मनैका बहाना
सहारा त खोज्दै गएथे जसै ती
बुझेनन् मित्रैले अनौठो जमाना
बुझे काम सारा कथाका रसादी
सबै याद रह्यो अतित्का चहाना
सन्धीखर्क
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )