‘झरी’ दान राईको पाँच तियाली

~‘झरी’ दान राई~

लेखेर नाम मुटुको माझ आफैले मेटेर
रुवाई मन आएर ब्यर्थै नजानु भेटेर
गरेर घात नहुनु टाढा मुटु त्यो रेटेर
******
लेख्नु पर्छ अब नानु प्रेम कहानी
जसो तसो दुवै मिली जानिनजानी
बिताएर संग संगै यो जिन्दगानी
******
ढल्दै छ है रात सानु छिट्टै आउन
छिट्टै आउँछु प्यारा भनि कसम खाउन
जान्छौ भने बरु बिन्ति मारी जाउन
******
पत्थर पनि पगाल्ने आँट गर्दैछु
साहारामा तिम्रो नै भर पर्दैछु
अठोट लिई यात्रामा अब झर्दैछु
******
जोडेर साईनो तोड्यो आज
मै माथि तिम्ले गरेर राज
रहेछौ आखिर शिकारी बाज

झरी दन राई
उदयपुर

This entry was posted in तियाली and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.