~गोविन्दराज विनोदी~
छन्द : अनुष्टूप
देखेथेँ बिजुवारबाट कसरी मुस्की बसेकी थियौ
मानौँ सुन्दरता अनावृत हुँदै फुस्की बसेकी थियौ ।
टाढैबाट गरी निरीक्षण निकै उत्फुल्ल थे लोचन
हेर्ने चाह भयो पुगेर नजिकै र्सवाङ्ग त्रि्रो तन ।
देख्ता झिम्रुक तृप्त भो हृदय यो आँखा स्वयं सङ्गलिए
बाटैमा प्रिय बाग्दुला सरसिला क्वाडी र टारी थिए ।
भित्री पावन गौमुखी तर छुटे प्यूठानका गौरव
टाढा भो कसरी म दर्शन गरूँ श्री र्स्वर्गद्वारी अब ।
आएँ आतुरता लिएर मनमा यो उच्च शैलेन्द्रमा
देखिन्छ्यौ कि भनी नयाँ प्रमुदिता हृद्वयोमकी चन्द्रमा ।
झल्को एक झुलुक्क देखिन गयौ सन्ध्यासँगै अल्पियौ
हेरी लोचन कत्ति तृप्त नहुँदै ओझेल चाँडै भयौ ।
त्यै बेला बिजुली समान रजनी आइन् र जादू छरिन्
आँखाका घटमा तुरुन्त तिनले ल्याएर न्रि्रा भरिन् ।
देखेँ स्वप्न थियौ तिमी पनि अहा झ् उद्दीप्त उद्द्योतित
मेरो यो मुटुमाझमा ध्वनि मिठो वीणा बनी झङ्कृत ।
उघ्रे लोचन भोरमा तर अझै पर्दा थियो बन्द नै
औताएर म के गरूँ समयको यात्रा थियो मन्द नै ।
पर्खेँ सूर्य उदाउला र मनकी आकाशगङ्गासित
भेटी तृप्त अवश्य आज बनुँला भन्दै खलङ्गासित ।
यी आँखाभरि सिन्धुका लहरझैँ तृष्णा छचल्काउँदै
हेरेको छु तिमीतिरै हृदयमा चिन्ताग्नि सल्काउँदै ।
मान्यौ लाज कि के भयो मलिन यो ओढेर हुस्सू अनि
छोपेकी किन हो मुहार यसरी नौली वधूझैँ बनी ।
धेरै बेर बस्यौ गमक्क किन हो गम्केर छोपी मुख
हुन्थ्यो यो मनमा कहाँ वदन त्यो देख्तै नदेखी सुख ।
त्रि्रो यो प्रिय मित्र चित्रमनले कोरेर पर्खी बस्यो
मानौँ बादल भै असारतिरको पग्लेर दर्की बस्यो ।
मान्यौ हो मनमा अवश्य पहिले शङ्का र लज्जा पनि
यो पर्खाइ बुझेर फेरि हुन गो पक्कै नमज्जा पनि ।
आफ्नै हो प्रिय यो भनी हृदयमा विश्वास सारेपछि
साह्रै सुन्दर देखियौ नि अहिले घुम्टो उघारेपछि ।
– गैँडाकोट, नवलपुर,
(साभार : पल्लव साहित्य विविध अङ्क– २४, पृष्ट– ७, बाट ।)