गजल : अब चाँही पिउँछु हजूर !

~आशांक उपाध्याय~

पिउने बानी छदै छैन, अब चाँही पिउँछु हजूर !
आजबाट यो जिंदगी, प्याला संगै जिउँछु हजूर !!

नसोचेको काण्ड भयो, जिन्दगीको दोबाटोमा !
दोबाटो मै अड्डा थापी, मात्तिएर हिन्छु हजूर !!

निर्मोहिलाई माया गरें, म त बर्वाद भईसंके !
तपाईं चै नगर्नोस है, एउटा सल्लाह दिन्छु हजूर !!

कती मीठा कुरा गरी, पहिलो पटक भेट्दा खेरी !
तिनै कुरा सम्झिएर, घरी घरी रुन्छु हजूर !!

पीडा हुन्छ गरेका ति, बाचा कसम तोड्न खोज्दा !
त्यही पीडा मेटाउन, अर्को प्याला लिन्छु हजूर !!

पिउने बानी छदै छैन, अब चाँही पिउँछु हजूर !
आजबाट यो जिंदगी, प्याला संगै जिउँछु हजूर !!
– सर्लाही, जनकपुर, नेपाल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.