कविता : हुलिगन्स

~सुधीर छेत्री~

खबरमा छ :
नव-फासीवादका गीत सुनिरहेछन्
सेता ब्वाँसाहरुले।

काला स्यालहरु दगुर्छन्
विस्फोटका चोइटाले बिझाएर।

मेरो सरकारी नोकरी छैन।
मेरो जमीन, घर, माटो केही छैन।

छैनहरु नै अब आरडीएक्स भएर पड्किँदैछन्।

गाउँ-घरका साइँला सिसिपसहरुलाई
ठेल्दैछ खेत उकालो पासुँला र छेपारीका हर्सपावरहरुले।
रमाइला दिनका फुटेजहरु
सम्पादन गरिबस्छ रोमान्टिकहरु।

एकान्तलाई उसिनिबस्छ।

कमरेडले खनेर निकाले
पुरानो सङ्ग्रहालयबाट आज,
छात्रामाथि यौन-उत्पीडन गरेको
प्राध्यापकलाई।

विद्यालयले रङ्ग फेरेर पाकेको छ।

हुलिगन्स जताततै।।

-कालेबुङ

(स्रोत : विचलन प्रकाशन, कालेबुङ)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.