~महेश्वर प्रसाद दाहाल~
भाग्यका भरमा ज्योतिषीका सदाकल्प मानिलिदा
अर्को जन्ममा सुखै सुख हुने मानिलिदा
रुढीग्रस्त भएर चुप्प रहँदा पुस्तौं वितेछन कत्ति
संसारको चक्रनै नवुझ्दा हुनेछ हाम्रै खती
यो एक्काईसौं सताव्दीविचमा संसार हेरी महाँ
सारा मानिस यानमा घुमिसके ब्राम्हण खोजी अहाँ
त्यै पृथ्वीविच हामी चै पशुसरी झोक्रेर वस्छौं यहाँ
लुट्नेछन तव हामीलाई सहजै साम्राज्यवाले तहाँ ।
(भैरहवा)
(स्रोत : नेपालीकविता डट कम)