~जय क्याक्टस~
घाम, जून र तारा
हिमाल, फूलबारी र पानीधारा
केही परेन यो प्रेमकथामा।
एउटा रित्तो फ्रेम सजिन्छ
दुइ विपरीत अनुहारले
बस् पुग्छ, एउटा रङ्गीन अध्याय कोरिनुलाई।
सखुवाको पलङ जत्तिकै खो
ब्रान्डेड कम्पनीको जस्तै ग्यारेन्टी-वारेन्टी बोक्ने
वाचा-कसम केही परेन।
आँखाभरिको विश्वास
हातभरिको भरोसा
यथेष्ट छ, एउटा प्रेममय यात्रालाई।
बॉंइटुक्राहरू हेरिरहन परेन नजिकिनुलाई,
कुसुमे रूमालमा बॉंधिराख्न परेन सम्झनालाई
आँखा पोल्ने पत्र पनि परेन
मनको रामायण सुनाउनलाई।
केही तात्तातो एसएमएस
एक-दुइ मिस्डकल
यथेष्ट छ, प्रेमाकुल हृदयलाई।
नॉंचगाउन पनि परेन
फिल्मी नायक-नायिका झैं,
अनि भावुक पनि बन्नुपरेन
नेपाली उपन्यासको पात्र झैं,
पार्क, झरना, मन्दिर डुलिहिँड़्न परेन,
खोला, झील, एकान्त खोजिरहन परेन,
रेस्टोरेन्ट, बजार या साथीको कोठा
यथेष्ट छ, मिलनको उष्ण पललाई।
आँखाको गहिरो नीलो ताल
मनको अस्पृश्य भावचाल
कल्पना र भावनाको क्षितिजत्ल
केही परेन पौड़िन र उड़्नलाई,
मदाद्र उष्ण निश्वास
निकोटिनयुक्त चारपत्रा ओँठ
यथेष्ट छ, प्रेमको गहिराइ नाप्नलाई।
-कालेबुङ
(स्रोत : विचलन प्रकाशन, कालेबुङ)