भलाकुसारी सदानन्द अभागीसँग

गुरुज्यू अभिवादन !
अभिवादन, एवम् धन्यवाद ।
आरामै हुनुहुन्छ ?
आरामै छु ।
प्रश्न १– तपाइँ कसबाट पे्ररित भएर साहित्यिक क्षेत्रमा कृयाशिल हुनुभयो ?

– मेरो साहित्यिक लेखन यात्रा, वि. सं २०२० ÷२०२१ सालतिरबाट, डिगबोई आसामबाट स्वर्गिय कविवर हरिभक्त कटुवालको साहित्यिक गतिविधिबाट पे्ररित भएर कृयाशिल भएको थिएँ ।

प्रश्न २–आज भोली यहाँको के कस्तो साहित्यिक गतिविधि भै रहेका छन् ?

– आज भोली मेरो साहित्यिक गतिविधि सामान्यै छ र समालोचनातिर लागेको छु । आमन्त्रित भएका ठाउँमा साहित्यिक कार्यक्रममा सहभागी हुन्छु ।

पश्न ३ यहाँका के कति कृतिहरू प्रकाशनमा आएका छन् प्रष्ट पारीदिनु हुन्छ कि ?

– अहिलेसम्म शृजना गरिएका नेपाली साहित्यका कृतिहरू यस प्रकार छन् –१) आफ्नै व्यथाहरू कवितासंग्रह (२०५७), २) बुढो जवानी – कवितासंग्रह (२०५८), ३) पश्चातापको आँशु, – कथासंग्रह (२०५८), ४) जीवन लीला – खण्डकाव्य (२०५८), ५) कोपिला – लघुकाव्य (२०५९), ६) जीवन लीला – उपन्यास (२०६०), ७) तीन युग एक कथा – महाकाव्य (२०६०), ८) काठमाडौं देहरादून – यात्रा विवरण (२०६०) ९) म र मेराहरू – जीवनी (२०६०), १०) अग्नि ज्वाला – महाकाव्य (२०६१), ११) नियति – उपन्यास (२०६१), १२) तन्नेरी हजुरबा – उपन्यास (२०६१), १३) माटो र विरुवाले भोक लाग्यो भन्छन् – कृषि काव्य (२०६१), १४) मोहनीको मिठो म्वाइँ – कवितासंग्रह (२०६२), १५) परिवर्तन – कथा संग्रह (२०६३), १६) भुटानी शरणार्थीको व्यथा कथा (२०६३), १७) सम–भोग समाधि – गजलसंग्रह (२०६४), १८) गजल गुटिका – गजलसंग्रह (२०६५) १९)बुढौतीका रहरहरू (गजलसङ्ग्रह) २०६५, २०) अभागीका गजलहरू (गजलसङ्ग्रह) २०६६, २१) अभागीका मुक्तकहरू (मुक्तकसङ्ग्रह) २०६८, २२) यात्री (उपन्यास २०६८), २३ं) गजल परिकार (गजलसङ्ग्रह) २०६८, २४) सृष्टिमा अभागीको दृष्टि (समालोचना २०६९), २५) बालुवाको घर (कथासङ्ग्रह २०६९), २६) अभागीका प्रेम विहारको सष्ठामृत गजलसङ्ग्रह (२०७०) एकल कृतिहरुको साथै संयुक्त कृतिहरु गजलगङ्गा, समकालिन नेपाली गजल, ई प्रतिनिधि नेपाली गजलहरू (२०७०) आदिमा गजलहरू को साथै कृषिका कितापहरू पूmटकर कविता गजल मुक्तक, कथा आदि प्रकाशनमा आएका छन् ।

४) यहाँले कुन कुन विधामा कलम चलाउनु भएको छ ?

– नाटक वाहेक, सबै विधामा मेरो कलम चलेको छ ।

पश्न ५) यहाँको प्रथम प्रकाशित रचना कुन हो ? यो कहिले कुन पत्रिकामा प्रकाशन भएको छ ?

– मेरो पहिलो कविता ‘आमा’ वनारसबाट निस्कने ‘आमा’ पत्रिकामा छापिएको थियो एक प्रती प्राप्त भएको त थियो तर त्यसलाई सुरक्षित राख्न सकिन । साल पनि थाहा छैन, बर्ष र अंक पनि थाहा छैन । प्रथम कवितासङ्ग्रह ‘आफ्नै व्यथा’, प्रथम कथासङ्ग्रह ‘पश्चातापको आँसु’ प्रथम खण्डकाव्य ‘जीवनलीला’, प्रथम महाकाव्य ‘तीन युग एक कथा’, प्रथम गजलसङ्ग्रह ‘समभोग समाधि’ र कृषिमा ‘ विभिन्नबालीमा मलखादको आवश्यक्ता र प्रयोगविधि नामक कृतिहरू हुन् ।

प्रश्न ६, तपाइँका प्रकाशोन्मुख कृतिहरू कुनै छन् कि ?

– मेरो मुक्तकसंग्रह ‘प्रेम दान महादान’ र समालोचनाको दोस्रो कृति प्रकाशन क्रममा छन् । सङ्कलन गरेको खण्डमा कवितासङ्ग्रह र कथासङ्ग्रहका कृतिहरु पनि प्रकाशोन्मुख अवस्थामा जान सक्छन् ।

प्रश्न ७, तपाइँ कुन, कुन साहित्यिक संस्थाहरूमा संलग्न हुनुहुन्छ ?

– मेरो विविध क्षेत्रमा सम्लग्नता यस प्रकार छ – आजीवन सदस्य रेडक्रस सोसाइटी नवलपरासी, आजीवन सदस्य पाल्पाली सङ्गम , काठमाण्डौ, आजीवन सदस्य सङ्खरपोखरी समाज, काठमाण्डौ, आजीवन सदस्य हाम्रो मझेरी साहित्य प्रतिष्ठान, आजीवन सदस्य माधुरी साहित्य प्रतिष्ठान, आजीवन सदस्य जनमत मासिक बनेपा, काभ्रे, आजीवन सदस्य पर्बत साहित्य सङ्गम, आजीवन सदस्य नारीसाहित्य समाज, प्रगतीनगर, नवलपरासी, संस्थापक सदस्य लुम्विनी आदर्श डिग्री कलेज, लक्ष्मीस्मृति साहित्य समाजको संस्थापक तथा बर्तमान अध्यक्ष, रत्न राधिका साहित्य परिषदको सदस्य, नयाँ मौसम पाक्षिकको सल्लाहाकार, स्याङ्जा साहित्य प्रतिष्ठानको आजीवन सदस्य, आदिमा सहभागिता रहेको छ ।

प्रश्न ८, तपाइँको दृष्टिमा साहित्य भनेको के हो ?

– साहित्य समाजको दर्पण हो ?समज परिवर्तनको वाहक पनि हो ।

प्रश्न ९ तपाइँलाई सर्वाधिक मनपर्ने साहित्यकार र साहित्यिक कृतिहरु पनि छन् कि ?

– सर्वाधिक मनपर्ने साहित्यकार र साहित्यिक कृतिहरु भन्दा पनि साधारणतया सबै कृतिहरू र साहित्यकारहरू मन पर्छन् । यसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुना मदन’ बढ्ता मन पर्छ । साहित्यकारमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला, लेखनाथ पौडेल, कवीर दास,शेक्सपियर आदि मन पर्दछन् ।

प्रश्न १० नवलपरासीको साहित्यिक गतिविधिबारे संक्षेपमा उल्लेख गरिदिनु हुन्थ्यो कि ?

– नवलपरासी जिल्ला साहित्यिक क्षेत्रमा एउटा नवपल्लवित पुष्पजस्तै लाग्छ । यहाँको साहित्यिक गतिविधि २०३०को दशकबाट थालनी भएको भनिन्छ तर यो जिल्लामा हामीले साहित्यिक गतिविधिलाई केलाउँदा विभिन्न जाती जनजाती र तिनको संस्कृति तथा परम्परालाई पनि केलाउनु पर्छ । यो जिल्ला जसरी भौगोलिक विषमता(तराइर्, भित्रीमदेश तथा पहाडी क्षेत्र)मा निर्माण भएको छ त्यसरी नै यहाँ हामीले विभिन्न मातृ भाषाका आधारमा पनि साहित्यको निर्माण भएको पाउँछौ । मानिसहरू बसाइ सरेर पहाडबाट झर्दा आफ्नो मातृभाषाका ध्वनीहरू, नेपाली साहित्यका कोशेलीहरू बोकेरल्याई नवलपरासीलाई साहित्यमय बनाएका छन् । यहाँ चन्द्र प्रसाद अधिकारीजस्ता गीतकार, दीपक सोती, डा. घनश्याम न्यौपाने परिश्रमी, डा. नारायण पसाद खनाल, छन्देली कवि गोविन्दराज विनोदी, महाकाव्यकार द्वोय सदानन्द अभागी र कृष्णादेवी शर्मा श्रेष्ठ, भू.श.भ. गण्डर्षि, राधा पाण्डे, डा.धनपति कोइराला, कृष्ण नेपाल, लोकनाथ खरेल, ईश्वर ‘बा’ खनाल, रमेश हरिलठ्ठक, केशवराज डुमे्र, इन्द्रशाही, खगेन्द्र प्रसाद बस्याल, विष्णुप्रसाद लामिछाने, रमेश मिश्र, कृष्ण कँड्ल, सरोज उजाड, खेचरनाथ नेपाल, नन्दलाल मिश्र, कोपिला शर्मा, श्यामप्रसाद न्यौपाने, दीपक भट्टराई, ताराप्रसाद श्रेष्ठ, रामहरी शर्मा गैरै, रामहरी शर्मा शराह, भगवती अर्याल (पाण्डे), चेतनाथ भुसाल, विष्णुमाया विभु, शङ्कर वस्याल, शंकर पन्थी ज्योतिविन्दू, प्रितम भुजेल, मोहन आचार्य जलाद, सूर्य भट्टराई, हेमा आले, लीला राना, अर्जुन अविरल, हिमलाल चापागाई, मदन भट्टराई, तिलक भट्टराई, लेखाराम सापकोटा, नारायण खनाल ‘भाबुक” उपेन्द्र प्रधान, कोपिला शर्मा गोरखसागर, दुर्गा भुसाल, शालिकराम भुसाल, भेषराज पौडेल, कल्याणी, मुवारक अलि, रामकान्त न्यौपाने, लीला पाठक, विनोद यात्री, शालिकराम लम्साल ,शिब शर्मा चोट, शावित्री तिमल्सिना, सुजन अधिकारी, सुवास अगम, हरिदत्त शर्मार्,, हिमा न्यौपाने, सीतादेवी पौडेल, पीताम्बर चापागाई, उत्तम महतो, भानुभक्त सापकोटा, डिल्लीराम कंडेल, उत्तमध्वज के.सी, दीपक बस्याल, प्रदिप बस्याल हिमा न्यौपाने, पीताम्बर चापागाई, भानुभक्त सापकोटा, थुप्रै साहित्यकारहरूका, महाकाव्य, कथा, कविता, गजल, उपन्यास आदि विविध विधाले नवलपरासीको साहित्यजगतलाई सिङ्गारेका छन् । अनामिका, आदर्श, सहयात्री, देवचुली, हिमायती, आदान–प्रदान, द स्पार्कल, इन्दैणी, बाल सरोकार, इन्द्रधनुष, दियालो, अस्तित्व, अमिटस्मृति, बाडूली, शान्तिदीप, नव–प्रभात, सुनौलो प्रभात, श्रेय, दाउन्ने, मध्यविन्दु, सामर्थ, नवलपरासी पोष्ट आदि पत्रिकाहरु,स्मारिकाहरुको साथै वीजय, परासी, मध्यविन्दु,, दाउन्ने र सामर्थ,एफ एम आदिले नेपाली साहित्यलाई उच्चाइमा पु¥याउन प्रयास गरेको पाइन्छ । यहाँ मैले थुप्रै साहित्यकारहरुको नाम उल्लेख गर्न सकेको छैन । नवलपरासीको साहित्यको भविष्य उज्ज्वल छ । यहाँका साहित्यकारले नेपाली भाषा र राष्ट्रलाई योगदान पु¥याउन सफल देखिन्छन् ।

प्रश्न ११. नवोदित पाठकहरूलाई केहि सल्लाह दिन चाहानु हुन्छ कि ?

–मानव जीवनमा वौद्धिक विकास हुनु अति आवश्यक छ । त्यसको लागि अध्ययनको ठूलो खाँचो पर्छ । आज पढ्ने बानी हामीमा निकै कम देखिन्छ । अध्ययन गरौं र आफ्नो मष्तिष्कलाई ज्ञानको भण्डार बनाऔं ।

प्रश्न १२ अन्त्यमा पाठकहरूलाई केही सुझाव, सल्लाह र सन्देश दिनु हुन्छ कि ?

– ज्ञानले भरिएको यस ध्भ्द्यलाइ आफ्नो आँखाको नानी बनाऔं र यसबाट प्राप्त सुसन्देशलाई सबैमा फैलाउँ ।

धन्यवाद

उहाँकापुरस्कार ÷सम्मान ÷कदरपत्र
– हाम्रो मझेरी साहित्य प्रतिष्ठान,भरतपुर चितवन, सम्मान पत्र, फाल्गुन १७, २०७०
– स्याङ्जा साहित्इ प्रतिष्ठान, स्याङ्जा सम्मान पत्र २०७०÷६÷१२
– त्रिमूर्ति एबार्ड ताम्रपत्र सहित रु १०,०००÷– नगद त्रिमूर्ति निकेतन काठमाण्डौ २०६९
– जलुके घुमाउरे सिँचाई नहर जल उपभोक्ता समिति प्रगतिनगर अभिनन्दित –६, २०६८
– सामुदायिक श्रोत तथा वातावरणाीय विकासकेन्द्र्र पर्बत सम्मान पत्र , २०६८
– आदर्श सम्मान, २५५५५÷– नगदपुरस्कार गैडाकोट, नवलपरासी २०६७
– नारी साहित्य समाज सम्मान पत्र २०६७
– अंकुरा नेपाल प्रसंसापत्र २७ नभेम्बर १९६७
– पल्लब साहित्य प्रतिष्ठान, चितवन सम्मान पत्र २०६६
– साखमाजिक परिवर्तनका लागि सरोकार केन्द्र अमरापुरी, नवलपरासी २०६६कदरपत्र
– हाम्रो मझेरी साहित्य प्रतिष्ठान २०६५ कदर पत्र
– अपाङ्ग पुनस्थापन समन्य समिति पिठौली नवलपरासीबाट सम्मान पत्र, २०६४ (साहित्य, तर्फ )
– दिगो भू–व्यवस्थापन कार्यक्रम, बखुण्डोलहाइटबाट सम्मान पत्र २०६३
– गोर्खा दक्षिण वाहु चौथा, २०६१
– विद्यार्थी मिलनसंघ डिगवोई, आसाम द्वारा Best Prize on social service,1968
– डिगबोई कलेजबाटThird prize on Nepali Recitation,1967

(पर्वत शंकरपोखरी गा. वि स बडा नं ४ नुवार ठूलाघरमा वि.संं. २००३ साल श्रावण १ गते पिता कलाधर र माता नन्दकली रिजालका जेष्ठ सुपुत्रको रूपमा जन्मनु भएका सदानन्द जैसी (साहित्यिक उपनाम सदानन्द अभागी) हाल नवलपरासी कावासोती नगरपालिका वडा नं ७ शान्तिचोमा स्थाइरूपमा बसोबास गर्ने तथा नेपाली साहित्यका विविध विधाहरू( महाकाव्य, खण्डकाव्य, लघुकाव्य, कृषि काव्य, उपन्यास, कथा कविता, समालोचना )मा र माटो विज्ञानको क्षेत्रमा समेत कलम चलाउने साहित्यकार तथा वरिष्ठ माटो विशेषज्ञसँग 19 December 2014मा रामप्रसाद रिजालले लिनु भएको अन्तरवार्ताको सारसंक्षेप )

This entry was posted in साहित्यिक भलाकुसारी and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.