गजल : भत्ता घटायो

~छविलाल खड्का~

बजेट आयो, भत्ता घटायो
न हाँसो आयो, न आँशु आयो ।

हात्ती आयो, हात्ती आयो भन्दै
बबुरो थाङ्ने, भजन गायो ।

स्वास्थ्य क्षेत्रमा माफिया वर्ग
कोरोना आयो मल्जल पायो ।

आँखाको तारो, बन्यो सेवक
घोडा सम्झियो, लगाम लगायो ।

साँसद कोष, यथावत् रह्यो
नेता जी बोले, बुद्धि पलायो ।

छविलाल खड्का
कोहलपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.