कविता : मन पहिरो

~मीन द्वन्दी~

को देख्न सक्छ
मनमा पहिरो गएको छ
जिन्दगी पहिरो भएको छ ।

भत्केको कहालीलाग्दो बिपनामा बाँचेर
आफूमा नव–निमार्णको सपना साँचेर
नव–युद्धको उद्‍घाटन गर्दा–नगर्दै
अन्तर्मनमा धाँजा फाटेर
झनझन गहिरो भएको छ
जिन्दगी पहिरो भएको छ ।

अस्वीकृत जिउनुलाई पनि जीवन ठानेर
वर्तमानका हरेक हारलाई क्षणिक मानेर
एउटा उदीप्त भविष्यको रेखा कोर्दा–नकोर्दै
अन्तर्मनमा धाँजा फाटेर
झनझन गहिरो भएको छ
जिन्दगी पहिरो भएको छ ।

को देख्न सक्छ
मनमा पहिरो गएको छ
जिन्दगी पहिरो भएको छ ।

(स्रोत : कवि मीन द्वन्दीको कविता सङ्ग्रह “उलिनी मन”बाट सभार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.