~हेम जङ्ग कार्की~
तिम्रा मन्दमधुर बाक्यले त अझै बाँचेको छु ।
तिम्रै छायाँ सम्झेर विना बोझै बाचेको छु ।
कुनै दुःख पर्दा तिम्रो सुमधुर मुस्कान सम्झी,
जीवनको घुम्ती मोडसंग सोझै बाँचेको छु ।
कतै ठेस लाग्दा तिमीले बाधेको मलम पट्टी,
सम्झेर त विहानै, दिनै र साँझै बाँचेको छु ।
परिवेशले हामी जता भए पनि आखिर आज,
दिलमा नै राखेर हरपल छहरा झै बाँचेको छु ।
मायाँ रुपी तत्वको अभाव खड्कीदा पनि यो,
मनलाई तेतै थमाएर तिमी माझै बाँचेको छु ।
चिसंखुगढी ८, माम्खा
ओखलढुङ्गा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )