~प्रकाश रोदुङ~
टाढा भएरपो हो कि तिम्रो माया गाढा लाग्छ
नजिक पाएर पो हो कि तिम्रो स्पर्श छाडा लाग्छ
एकान्तमा खाएको कसम मैदानमा नारा लाग्छ
मैदानमा पाएको साथ एकान्तमा भार लाग्छ
गोधुँलीमा देखेको सपना बिहानीमा काँट लाग्छ
बिहानीको जोड-घटाउ गोधुँलीमा घाटा लाग्छ
जोड-घटाउ को जिन्दगी साह्रै मलाई नाक लाग्छ
नाकै-नाक लागे पनि गर्नु के र सानु
तिम्रो स्पर्शको ताजपनले मात्र बाच्ने मलाई आश जाग्छ।
(स्रोत : खोटाङ डट अर्ग)