कविता : मेरी उनी

~प्रकाश खड्का~

धर्धरि पानीमा
रुझेर मुसो जस्तै
निथुर्क,लुथुर्क म । १।

सिउसिउ गर्दै
थरथर कामेर
घर भित्र छिर्दामा । २ ।

ए, हजुर कता ?
भन्या मानिसेन है
कपाल पुस्दै उन्ले। ३।

कतै ओत लागि
बादल उग्रेपछि
आ’को भए हुन्थेन?। ४।

ए ! मेरी पियारी
अलि अलि भिज्दैमा
केही हुन्ननि क्या । ५।

परी आयो भने
त्यो पहाड बनेर
आँधी हुरी रोक्नु छ । ६।

सम्झेर ल्याउँछु
लडेकी थिन उनी
अरुले धुत्कार्दामा। ७।

खोटो सिक्का भन्दै
लाञ्छना मैले खेप्दा
सहारा थिन उनी। ८।

तप्प आशु झर्छ
खुसीले मनै रम्छ
पाएर उनी मेरी । ९।

प्रकाश खड्का
भक्तपुर, चाँगुनारायण नगरपालिका
हाल बोस्टन अमेरिका

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.