गजल : घामको उपहास होला

~नविन ध्यार~

तिमिलाइ जूनको संज्ञा दिदा घामको उपहास होला
तिमिलाइ प्रितले बोलाउदा नामको उपहास होला ।

अब, तिम्रो त्यो मोहनी लुकाउने ठाउ कतै छैन
तिमिलाइ देखाई हिड्दा आफ्नै कामको उपहास होला ।

बैगुनी त्यो मेरो माया भनी कसैलाई नभन्नु प्रिय
आफ्नै मन बहकाउदा यो रामको उपहास होला ।

सम्झिदैन जस्तो लागे तस्बिर हेरेर टोलाउने गर्नु
कतै एकान्तमा बर्बराउदा त्यो सामको उपहास होला ।

नविन ध्यार
वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
एम्.बि.बि.एस. ( तेस्रो वर्ष)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.