~रिजाल किरण~
छन्द : अनुष्टुप
उम्लेको दूध झै पो छ पोखेला क्षणमा कहि
ठूला ठूला गफै मात्र भयो यहाँ सधै बढी
त्यो आँखा मात्र पल्टाइ तुक्का उकानको भर
काटेको अङ्ग आमाको जोडिन्छ भन्नु के छर ।।
कानमा तेल हालेरै वर्षौं दिन त्यसै बिते
घिचे कुकुरले आन्द्रा भुँडी सबै घिची सके
धन दौलतका प्यासा प्यास मेट्यौ सधै भरी
केको आपतले आज जल्यौ तिमी घरी घरी ।।
उम्लिएको छ हाम्रो खुन त्यो वैरी ढलाउँन
हामी हौ वीर गोर्खाली कस्ले सक्ने गलाउँन
हाम्रो आस्था र विश्वास एकतामा सदा थियो
आज पनि छ उस्तै नै टुट्ने छैन कदापि यो ।।
-विराटनगर -१
“अन्जान”
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )