कविता : वातावरण

~लक्ष्मण प्रसाद खतिवडा~

स्वच्छ राखौं वातावरण स्वच्छ राखौं घर
आफै अघि नसरे कस्ले गर्दिन्छ र ।
स्वच्छ रहे वातावरण हामी बाँच्न सक्छौं
वातावरण विनास भए संकटमा पर्छौं ।।

फोहोरमैला धेरै भए प्रदुषण हुन्छ
दम, खोकी जस्ता रोगले हामीलाई छुन्छ ।
वातावरण स्वच्छ राख्‍नु कर्तव्य हो जानौं
हाम्रो जिउने आधार वातावरण हो मानौं ।।

अव्यवस्थित सहरीकरण, विकास मात्र भन्दा
आफैलाई जान्ने सुन्ने अरुलाई तुच्छ ठान्दा ।
हावा, पानी, खाद्यान्न सबै प्रदुषित भए
कति जीवजन्तु, वनस्पति लोप पनि भए ।।

वन फँडानी गर्यौं भने पहिरो जान्छ
खेत बारी सबै उस्ले साथ लान्छ ।
वातावरण संरक्षण गर्‍न सबै मिलौ
यो धर्तिलाई स्वच्छ र सफा बनाऔं ।।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.