~जमुना क्षेत्री~
कति निस्चल अनि निर्मल छाै
बा तिमी , मेरा कलिला
ओठहरुले तोते शब्दमा पहिलो पटक
तिमीलाई बा भनि बोलाउदा
तिमीले खुसीका आॅंशु झार्दै थ्योै रे
मैले घिस्रीएर यस धर्तिमा पहिलो पटक
पाईला चाल्न खोज्दा हरेक पटक लड्दा
साहेताका हात दिने तिमी नै हुन्थ्याै अरे बा
आमाले जस्तो ममता त कहिलै
देखाएनाै तर म बिरामी परेर
ओच्यानमा पल्टीदा मेरो नजिक आएर
मेरो नारी छाम्ने गर्थ्याै
अनि कुना पसी लुकी लुकी
कति रुन्थ्याै रे बा।।।।
कतै गएर आउदा
दाैराको गोजि भित्र
मलाई खुसी पार्न मिठाई बोकी ल्याउने
मलाई सुमसुमाउदै मेरो ओठको मुस्कान हेर्न
कहिले काउकुति त कहिले तिम्रो दारी
मेरो कलिलो छालामा दल्ने गर्थ्याै रे बा।।।
मलाई खुसी पार्न आफु फाटेको लुगा लगाएर
मलाई नयाॅं लुगा अनि खेलाैना
किनि दिन्थ्यै रे
कहिलेकाही आफै हात्ती घोडा
सम्म बनि दिन्थ्याै रे बा!!!
आमाले गालि गर्दा
आशु पुक्षी दिने
सन्तानको सुखको निम्ती
कहिले बन्याै हलि त कहिले
गोठाले सम्म बन्याै रे बा।।।।
पहिलो चोटी अक्क्षेर
कोर्न तिमीले नै सिकायाै अरे
कहिले मायाॅं गर्याै त कहिले
नबिग्रीयोस भनि गालि गर्थ्याै रे बा।।।
सन्तानलाई सुख दिन्छु
भनि कहिले देश त कहिले
बिदेसियाै ,
सन्तानको एक झलक पाउन
तिमी कति तड्पिन्थ्याै रे बा!!!
तिमीले आमाले जस्तो नाै मलिना सम्म
गर्भको भारी त बोकेनाै तर
हर दिन रात नभनि पालन
पोषण शिक्षा ,दिक्षा दीएर
कर्मठ योग्य बनायाै बा।।,।।।।
जमुना क्षेत्री
ईटहरी-२, सुनसरी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )