कविता : भाइरस

~पल हिरा~

शरीर भित्र भाइरस
मन भित्र भाइरस
देश भित्र भाइरस
जता ततै भाइरसले खान भो
एन्टी भाइरस लाई नटेर्ने भो
एन्टी भाइरस भन्दा भाइरस बलियो भो
यो भाइरसतन्त्र भूखण्ड हुन्

गोजी भित्र एन्टी भाइरस बोक्ने दिन आयो
हावा छानेर स्वास लिनु पर्ने दिन आयो
यता डुल्छ उता डुल्छ
बिना थाहै भाइरस घुल्छ
दिनमा भाइरस
रातमा पनि भाइरस
तापमा , स्वासमा भाइरस
नशा अनि ,नाशमा भाइरस
यता उता सबै जता भाइरस
मायामा भाइरस
बिछोडमा भाइरस
मिलनमा भाइरस
नातामा भाइरस
प्रेमलाई तोड्नु खोज्छ भाइरस
बिछोडमा मार्न खोज्छ भाइरस
नातामा स्वार्थ बनि घुस्छ भाइरस
मिलनमा खुसी बनि घुस्छ भाइरस
खेतको गह्रा भरि कुदछ भाइरस
कम्पुटरको गिद्दी भित्र
हयांग बनि डुल्छ भाइरस
नेता भित्र भाइरस
अर्थ भित्र भाइरस
रास्ट्रीयता भित्र भाइरस
अहमताको जरा गाढ़ी हिड्छ
विभक्तको चर्चा बटुल्छ
स्वाधीनताको चुर भित्र गढ़छ
यो भाइरस मय भो संसार
उफ नसकिने भो भाइरस

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.