~भरत खत्री~
सेता टम्म मिलेका दन्त लहर
तिम्रो मायामा पर्ने ठुलो रहर
मिल्न पनि के सारो मिलेका
देख्ने लठ्ठ हुन सक्छन् मख्ख
कोमल लालुपाते ओठ
सल्लक परेको लामो केश
को हुन सक्दैन
तिम्रो अदामा फिदा
चाल तिम्रो हरिणको
स्वर मधुमास कोइली
रचन पनि कस्तो रचेको
देख्दै बोलौ बोलौ लाग्ने
भग्वान हुदा हुन त
तिम्रो लागि व्रत बस्दा हुन
तिम्रो आराधना गर्दा हुन
स्वर्गमा लान्छु भन्दा हुन
रुपको वर्णन गर्दा
तेत्तीस कोटि भग्वान
निशब्द हुदा हुन्
हजार जिब्रो भएका
शेषनाग बोल्न नसक्दा हुन
म मान्छे एउटा जिब्रो
कसरी बयान गरौं तिम्रो
एकफेर हासिदेउ मुसुक्क
जलाइ देउ मन लैजाउ धाम
तिम्रो बगैंचाको फुलबारीमा
भमरा डुलाउन रंगिन बनाउन
कस्तो सुहाएको फूल
फूल तिमी हौं कि
तिमी फूल हौं
भन्नै नसकिने
तिम्रो फोटो अगाडि राखेर
कविता लेख्न बस्ने हो भने त
कविता हैन महाकाब्य बन्छ
अहिले लाई यति नै बाकी फेरि
– भरत खत्री,
गुल्मी धुर्कोट-३ हाडहाडे
हाल – दक्षिण कोरिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )