~देबेन्द्र बस्याल~
तिमी जाउ
झिमिक्कै साँझ परिसक्यो
अब त जानेवेला भो
तिमी सदाको निम्ती जाउ
तिमीले समयसंग मजाक गर्यौ
उनीहरूसंग गहिरो संगतनै गरेनौ
तिमि भएर पनि के भोर
नभए पनि के नै हुन्छ र !
खुरूक्क तिमि जाउ
आफ्नो बाटो समाउ
तिम्रा आसेपासे सबै लिएर
पछि नफर्कीकन जाउ
तिमीलाई उनिहरूले हातहातमा उचाले
काखकाखमा च्यापे
ठूलो आषा र भरोसा राखे तर
तिमिले उनिहरुलाई चिन्नै सकेनौ
तिमिलाई जंग भन्दा रंग पृय भो
समयको माग भन्दा अहमता ज्यादा भो
त्यसैले तिमि अब जानै पर्छ बरू छिटो जाउ
तिमीले दीनहिनको रोदन
झुपडीको पिडासंग मितेरी गांस्नै सकेनौ
उनीहरूको बीचमा सधै महान बनीरह्यौ
तिम्रो घमण्डले उनीहरूदेखी टाढा बनिरह्यौ
भो अब जानैपर्छ तिमि जाउ
निर्धनको पिडा र अभाव के हो देख्यौ ?
उनीरूको अन्तर आत्मामा पुगेर हेर्यौ ?
थाहै नपाई जादै छौ जाउ
ढीलो नगरी जाउ अनि म आउछु
तिमी जाउ अनि म आउछु
म गर्जन र उषा बोकेर आउछु
– देबेन्द्र बस्याल, जापान
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )