~डा. विदुर चालिसे~
अनेक प्रश्नहरू उठ्दै बस्दै गर्दा
अाइरहेथे हिमालयका छेउछाउ
याचकझैं झाेला बाेकेर मेरासामु
अनन्त भाेकाे हृदयकाे मानिस !
टाट पल्टिएका विचारहरू गुन्गुनाउँदै
उत्तर खाेजिरहेका अाँखा अनि मनहरू
उडिरहे थे बतासका छालहरू समाएर !
भावनाहरूका हृदयदेखि गहिराइसम्म
उत्तर खाेजिरहेका स्मृतिका पहिचानहरू
अग्ला अग्ला पहाडका चुचुरासँग हुन्थे
बेला बखत हाेच्चिरहेका इमानहरूसँग !
सबै मानिसका अादर्श चेतनाहरू थे
यता अनि उता पनि फाेहरहरूसँग !
निर्भीक यात्राका थकित पाइलामा,
घट्नु वा बढ्नुकाे नापमा अाइरहेथे
अनेक कथाहरू कविताका चुलीतिर !
हराउन अाउनेहरू हारिरहेथे अाफै
बचाउँन अाउनेहरू बाँचिरहेथे अाफै
हरकदमका बहादुरीका फूलहरू माझ
पप्पी फूलहरू स्मृतिमा थिए पहाडतिर
जैतुनका गुनहरू सहरका खाेपीमा थे
बैभव र शाहसका सिंदूरजस्ता रगतसँग
तैपनि पहाड पहाड थ्याे युध्दककाे,
स्मृतिमा चढेका हर दुखित मनहरूमा !
समस्याकाे पहाडमा उक्लिरहेका
मेरा गाेडाहरू स्मृतिका छालहरूमा
बगिदिन्थे अाजकल काेमल चेतनाले
पप्पीमा सजावटमा मुस्कुराएर काँधमा
विवत्सताकाे सनातन रजाइशका साथ !
मेरा उत्तरपट्टि सिस्नाेका भाेगाइ थे
मेरा छेउपट्टि वनमाराका सुहाइ थे
मेरा दक्षिणपट्टि वकवास जामा थे
सबका उत्तरहरूमा उत्तर खाेजिरहेथेँ
स्मृतिका अग्ला हाेचा पहाडका धर्म !
बल्जिरहेका पुराना घाउहरूसँग
चढिएथे स्मृतिका पहाड !
जीवनका हर पाइलाहरू
अाफ्ना उदेश्यहरू
सब जितेकाहरू
हारिदिन्थे कदम कदमका साेंचले !
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)