~सुदर्शन थिङ्ग~
तिरस्कार नै के गर्नु तिमिलाई मन दुखेको बेला
पुरस्कार नै के दिउ तिमिलाई आँशु खसेको बेला
उपकार नै गरि देउ मलाई चोट खाएको बेला
आत्मालाई नै चुडाई दिनु मेरो मन दुखेको बेला
सपनीमा नआई दिनु तिमि होस हराएको बेला
झझलको नबनि दिनु तिमि म ओल्झिएको बेला
पिडाको बाटोमा हिड्दैछु म पथ हराएको बेला
बिछोडलाई नै समझी बसेको छु मन दुखेको बेला
बसन्त नै विलायो आज ऋतुले बोटो भुलेको बेला
पालुवा नै कहा पलायो , खडेरी हावी भएको बेला
मिठो मुस्कान नदिनु तिमि अतितले गाली गरेको बेला
तिरस्कार नै के गर्नु तिमिलाई मन दुखेको बेला
-काठमाण्डौ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )