गीत : तिम्लाई दिलमा सजाउनु

~‘इखालु’ रमेश~

तिम्लाई दिलमा सजाउनु मेरो ठुलो दोष भयो
आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो

विलासीता र उन्मातको रैछ तिम्रो मायाँ
प्लाष्टिकको फूल सुवाष,पतझर प्रेमको रुखो छायाँ
त्यसैले त मायासागर तिम्रा लागि ओस भयो
आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो

नसोध भो अब तिमी फुलवारीका फूलहरु
देवि,देउता मन्दिर अनि घण्ट र त्रिसुलहरु
फूल झर्यो,त्रिसुल टुट्यो न त तिम्लाई होस भयो
आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो

तिम्लाई मनमा सजाउनु मेरो ठुलो दोष भयो
आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो

खोटाङ्ग बजार-१, खोटाङ्ग

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.