कविता : सायद हुनेथियो महाप्रलय

~सुयोग अनुप झा~

दायित्व हाम्रो गरौ आदर र सम्मान डाक्टरलाई
ज्यान जोखिममा राखी बचाउदै छन् मानवलाई
महामारीबाट वचन हामी बस्या छौ घर भित्र
दिन रात खट्दै छन् डाक्टर अस्पताल भित्र

छन् उनका पनि घर परिवार प्यारा बाल बच्चा
छोडेर सबैलाई बनेका छन् सबका मित्र सच्चा
छन् परोपकारी गर्दैछन् परोपकार बिरामीका
छैन कुनै सर्त र स्वार्थ इ गुणी वीर सारथीका

छ हाम्रो कर्तव्य सुरक्षित गरौ भविष्य इनका
नपुरयाउ हामी कुनै दु: ख चोट पीडा दिनका
जोगिएको छ यो संसार हेर आज उनकै भरमा
नबनौ बाधा अडचन हामी उनको सेवा पथमा

सायद हुनेथियो महाप्रलय यो विराट भुवनमा
न भएको भए डाक्टर ई मनमोहक सुमनमा
गरि एक आपसमा सहयोग रचौ सुन्दर रचना
झिलिमिलि हुनेछ धर्ती सुवास भरिनेछ पवनमा

सुयोग अनुप झा
धनुषा,प्रदेश न २,नेपाल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.