~कल्पना खरेल
राजनीति रिक्त तिक्त छ । १
यहाँका जनता विरक्त छ ।
नेतामा राष्ट्रियता नभएर,
स्वार्थमा मात्र नै लिप्त छ ।
नेताको कुर्सीसँग हित छ । २
सधैँ भारतसँगको मित छ ।
जिम्मेवारी नै पुरा नगर्ने,
उनीहरुको ठुलो जित छ ।
नेता ओठे बोलीले ठिक्क छ । ३
यहाँ संविधान पाउन दिक्क छ ।
अन्योलका ती सोझा जनता,
अँधेरोमा रुमलिँदै फिक्का छ ।
(स्रोत : छलफलविक्ली डट कम)