कविता : म त्यही मान्छे हुँ

~अर्जुन उपाध्याय~

होइन प्रिय म तिम्रो ह्दयको ढुकढुकी
न त तिम्रो गहबाट बग्ने निर्मल पानी हुँ ।

म त तिम्रो हु जो तिमीले चिन्न सकिनौ
जलि निभेर सेलाएको खरानी हुँ ।

म गितकारको मिठो गीत होइन्
न त संगितकारको मधुर संगित नै हुँ ।

म त त्यहि हु जो तिमीले बजाउन छाड्यौ
चुडिएको जीवन विनाको तार हुँ ।

म कवीको सुन्दर कल्पना होइन
न त कथाकारको कुनै सफल कथा हुँ ।

म त त्यही हु जो तिमीले असफल पार्यौ
नाटककारको असफल नाटक पात्र हुँ ।

– अर्जुन
कपिलवस्तु , नेपाल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.