तिलकराज चुँँदालीका तीन मुक्तकहरू

~तिलकराज चुँँदाली~

।१।
कुरा नगर राजनीति नै यस्तो
औषधि भन्दा विरामी सस्तो
विधि र विकास मात्र पो भन्छौ
गणतन्त्रमा पनि, तिमी नेता कस्तो?

।२।
अधर चलाउँछ्यौ, नयन घुमाउँछ्यौ
लरबराउँदै बोल्दा, शब्द नै गुमाउँछ्यौ
दुई छोराको बाबू हुँ, सम्हाल आफुलाई
बाआमालाई आँशुमा,किन पो डुबाउँछ्यौ?

।३।
आशा अनि आँट दिनुस, खुशी दिने कुरा लेख्नुस
काँडा मात्रै सधै किन ,बोटहरुमा फूल देख्नुस
राम्रो मान्छे भएर नै यहाँको साथ खोजेको हुँ
सपनाको जेट छोडी,अब आफ्नै धर्ती टेक्नुस!

– सन्धिखर्क -१ ,अर्घाखाँची

(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट सम्प्रेषण गरिएको ।)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.