कविता : जिन्दगी

~हिमाल सरोवर~

कसैले मलाई दिई गएको,
कसैले मसँग छोडी गएको,
धेरै थोक बाकी छ,

जस्तो कि,,
एउटा प्रतिबिम्ब छ,
जो आखाबाट कहिल्यै ओझेल पर्दैन,
एउटा कथा छ,
जो हृदयसँग अनुबन्धित छ,
एउटा स्मृति छ,
जो मानसपटलमा कैद छ,

केही घाउहरु छन,
जसको दुखाईले उसैको आभास दिन्छ,
केही दागहरु छन,
जो बुट्टा भएर सजिएका छन,

एउटा नदि छ,,
जसको किनारै किनार उहीँ बग्छ,
बगरमा निराश उहीँ हुन्छ,
ढुङ्गाहरुमा उहीँ ठोकिन्छ,
छालहरुमा उहीँ छल्किन्छ,
गहिराईमा उहीँ भेटिन्छ,

एउटा जिन्दगी छ!
जो नदि जस्तो लाग्छ!,

*-हिमाल सरोवर-*सुर्खेत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.