~दिपक निरपेक्ष~
आफ्नो भनेको आफ्नै हुन्छ, घुर्क्याउँछ सताउँछ टाढो जाँदैन
खुशिको पल हो मिलिक्क जाने, दुख पीरका दिन चाँडो जादैन।
न्यानो बनाउँछ शीतल बनाउँछ, पुरानै भएनि लगाइरहु माया।
जड्यौरी दिनलाई हतार नगर , एउटा माघले मात्र जाडो जाँदैन।
चलेको रिति, बसेको थिती बदल्न आफ्नो रगत नतताउ,
उम्लिएर पोखिने, नासिने दूध हो, पतन भएर भाँडो जाँदैन।
धनी घट्दैन, गरिब उठ्दैन, जति मिहिनेत गरोस, परिश्रम गरोस
भाग्यले शिफारिस नगरेसम्म ,दुख गरिबिको घाँडो जाँदैन।
आइ नलागे जाइ लागिन्न , ढुक्क होउ, निश्चिन्त होउ
मण्डपमा बेहुली सुरक्षीत हुन्जेल, कसैको गर्दनमा खाँडो जादैन।
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट प्रेषण गरिएको ।)