~दीपक थारू~
किन सल्किन्छ आगो, सधैं जिन्दगीको बहारमा
किन चस्किन्छ यहाँ मुटु, सधैं मिलनको संघारमा
आँसु बल्झी आँखामा, यादहरुको नदी उर्लन्छ
विधुवा बसन्तको यादमा, बहारको चिता जल्छ
किन टड्पिन्छ यहाँ दिल, सधैं झुठको दोधारमा
दिन-रातहरुसँगसँगै, ढलिदिन्छ जिन्दगानी
उदास हुन्छ जवानी, निराश लाग्छ कहानी
किन जल्छ यहाँ सपना, सधैं कसैको प्यारमा
दीपक थारू
कञ्चन-५, रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )