~सूरज श्रीवास्तव~
ए हरि के छ तेरो हालचाल हँ ? आज फुसर्दमा छस् भने जाऊँ पिंक महल ।
फुर्सद त छ, तर जान मिल्दैन । अबेर भयो भने घरमा अप्ठ्यारो हुन्छ । झन् रेस्टुरेन्ट गएको थाहा भयो भने त बवालै हुन्छ ।
यसो नभन्न, क्या बोर भएर त टाईम पास गर्न भनी प्रोगाम फिक्स गरेको । उतै प्रेम पनि पुग्छ । पिंकमा नयाँ ………आएकी छे, उसैले भन्दै थियो । क्या च्वाँक छे, जाउँ बरु चाँडै फर्कौंला ।
ल जाऊँ भने जाऊँ, जे पर्ला देखा जाला ।
यसरी रमेश र हरिबीचको वार्तालाप समाप्त हुन्छ र रेष्टुरेन्ट जान दुबैजना हिंडछन् । यस्ता कुराकानी यिनीहरुबीच मात्रै हँुदैन । आजका प्रायः युवाहरु माँझ अभिन्न भूमिका र्निवाह गर्न थालेका छन् यस शहरमा “च्याऊ उम्रे झै उम्रेका” रेष्टुरेन्ट एण्ड बारहरुले ।
महंगो सुरा र उत्ताउलो नृत्य देखाँउदै नाङ्गिने उच्छृंखल सुन्दरीहरुले सजिसजाउ आधुनिक रेष्टुरेन्टप्रति आकर्षित नहुने पुरुष वर्ग कमै होलान् ।
झन् रमेश त दुई वर्षदेखि अनवरत यस्ता रेस्टुरेन्टहरु धाउँदै आएको छ । ऊ यहाँको प्रायः रेस्टुरेन्ट परिवारसँग परिचित छ । आज रमेश र प्रेम दूबैजना आफ्नो साथी हरिलाई पनि पहिलो पटक रेस्टुरेन्ट लैजाँदैछन् ।
बाटैमा रमेशले हरिलाई भन्छ ः एक मिनेट पख्, फोन गरेर सोधूँ, त्यो टेन्सन आज आएकी छे कि छैनन् । आएकी छे भने त्यहाँ नजाने ।
किन ? हरि जिज्ञासा राख्छ ।
होइन, छोड् तँ बुझ्दिनस । ए……….बरु जाउँ ढिलोे हुन्छ प्रेम पुगि सकेको होला ।
रमेश सोध्छ ः तँ त्यहा किन नपुगेको हँ ?
उतै हिँडेको तिमीहरु भेटिइ हाल्यौ । ल जाऊँ भन्दै तीनैजना हिंड्छन् ।
रेस्टुरेन्टको द्वारमा, गुड एभिनिंग साउजी, धेरै दिनपछि देखा पर्नु भो नि ।
पन्ध्रह दिनदेखि काठमाडौँमा थिएँ आजै फर्केको, पुग्ने बित्तिक्कै यहाँ आइपुग्दै छु । अनि माया कहाँ छे, हँ ?
खै साउजी, चार दिनदेखि डेरामै थुनिएर बसेकी छिन्, कसैसँग बोल्दानि बोल्दिनन् । न त बारमै अएकी छिन् ।
ओह ! थ्यांक्स जाऊँ माया छैन नत्रभने आजको पार्टी बोरिंग त हुने होइन भनी डर लागदै थियो । बिस्तारै फुस्फुसाउँदै भित्र छिर्छन् ।
माया भएर के हुन्छ ? तँ यति विघ्न किन तर्सेको ? भन्दै हरि प्रश्न तेस्र्याउँछ ।
ए चुप लाग न, तँ बुझ्दिनस् ।
ए रमेश, बाई द वे त काठमाडौँबाट आजै फर्केको, अनि राति म सँग सुत्ने को थियो ? हँ, तेरो भुत भन्दै प्रेम ठट्टा गर्छ ।
ए चुप लाग् साले, गफ छोड्नु परेन ।
गफ ! झण्डै तीन सय किलोमिटर लामो गफ… हुन्छ नि किन नहुनु भन्दै प्रेमहरु भित्र छिर्छन् ।
भित्र, ओहो रमेश जी, धेरै दिनमा आउनु भयो नि । तपैं कि तपैं कि माया त रिसाएकी छिन् नि, हिजो आज त आउँदिनन् । कहिं………………
बिजुली तिमी बढी नबोल, माया मेरी को हो र ? अनि हल्लका हाँसो फिजाउँदै, मेरी त तिमी पो छयौँ त प्यारी बिजुली । तिमी बिना त मुटुको बत्ती बल्दैन ।
अँ……………त्यसैले होला, माया भएको बेला हेर्ने नि फुर्सद हँुदैन । भन्नु के चाहियो ?
चार नं. केबिनमा आऊ, आज मेरो नयाँ साथी आएको छ । बीचमा अडिदै, तिमी मात्रै भए पुग्छ भन्दै रमेश हाँस्छ । पे्रम उसको हाँसोमा साथ दिन्छ ।
बिजुली लजाएको मुद्रामा छि ः, जे पाए त्यै नबोल्नु है भन्दै फनक्क बारतिर फर्किन्छे ।
खाने कुरा नमगाएकोले हतारिदै हरि बोल्छ ः मात्र केटीसँग जिस्केर बस्ने कि अर्डर पनि दिने ?
घर जान अबेर हुन्छ । वाक आभर नगर त ।
ए प्रेम चूप गरा न यसलाई, कति मजा आउँछ यसलाई के थाहा ?
बिजुली केबिनमा प्रवेश गर्छिन् के के ल्याऊँ, भन्नुस् ।
अँ…….तीन बोतल बियर, एस्प्राइट र चिकेन ल्याउ त । पख् एक प्लेट काजु फ्राई पनि लिदै आउनु । प्रेमले अर्डर गर्छ ।
केही बेरपछि बिजुली ट्रेमा आर्डरको समान लिई केबिनमा प्रवेश गर्छिन । सामान टेबुलमा राखेर त्यहीँ उभिन्छे ।
यता आऊ न प्यारी कति टाढा उभेकी ।
कुर्सीमा बस्नेहरुलाई आरुको पीर के थाहा, बिजुली जवाफ फर्काउँछे ।
आऊ न त, यो दिलै तिम्रो हो, काँखैमा बस न ।
बिजुली थचक्क रमेशको तिघ्रामा बसिदिन्छिन र निर्लज्ज भई उसको गालामा ओठै टाँसिने गरी म्वाई खान्छिन् ।
हरि यो सब मूल दर्शक बनी नियाल्दै छ, ऊ नारीको निर्लज्जताको सीमालाई बुझन खोज्दैछ । नारीको यस्तो लज्जारहित चरित्र देखेर आश्चर्यचकित छ ।
रमेशले उसको मौनता तोड्दै भन्छ ए हरि यता सर न । अनि इशारा गर्दै बिजुलीलाई म्वाई खान संकेत गर्छ ।
उता संकेत बुझेर बिजुली झट्ट कराउँछे छ्या नाईं……….,मलाई लाज हुँदैन कि क्या हो ।
एउटा दिई हाल न, तिमी मेरो प्यारी होईनौँ ? हो भने एक चोटि देउ त प्लिज । ऊ मेरो बेस्ट फ्रेण्ड हो के ? बिजुली मौन हुन्छिन । ए प्रेम भन् न यो गधालाई यता सर्न ।
अब हरिको युवा मन पनि क्रियाशाील भैसकेको छ ऊ संकोच मान्दै ः ए ब…ब…हि…नी ….एउटा चू……देऊ न ।
उसको कुरा सुनी प्रेम र रमेश मुखामुख गदैँ हाँस्न थाल्छन् ।
हरि दुबैको हाँसो सुनेर सतर्क हुँदै उनीहरुलाई नियाल्न थाल्छ् के भो भनी पत्तो लगाउने प्रयत्न गर्दछ । बिजुली, प्रेमले तानिरहेको चूरोट खोसेर एक लामो सर्को तान्दै बाहिर निस्क्न्छे ।
ए के भो हँ ! मर्ने गरी किन हाँसेको ।
साले तेरो वुद्धि, किस, मागेको ताल हेर न, ब…ब…हि…नी……..र फेरी हाँस्न थाल्छ ! हो…….हो…….हो………..
प्रेमले हरिको अवस्थाप्रति गौर गर्दै प्रसँग परिवर्तन गर्न खोज्छ । भो…. भो धेरै नकरा, के भो त ? हरि तँलाईं यसको कुरा सुनाउँछु । कुकुर पहिलो पटक रेस्टुरेन्ट आउँदा त एउटालाई “दिदी बस्नुस् भन्दैं आफ्नो कुर्से छोडेर उभेको थियो”, आफ्नो कुरा चाहिँ बिर्सिस् । अरुलाई बोर गर्न त खुब जानेको छस् ।
हरिले अबेर भएको जनाउँदै, जाउँ निक्कै अबेला भो, घरमा सबलाई टेन्शन भइरहेको होला !
रमेश, म त घर जान्न, आज तेरै घरमा सुत्छु ।
बिजुली, बिल लिएर आई पुग्छे । प्रेमले सोध्छ ः ए प्यारी तेरो नयाँ साथी आएकी छे, कस्ती छे हँ हाल्छ नि । हाम्रो त के बासी भै हाल्यौ नि ।
ए…….चंदा । हिजै आएको हो, आज सञ्चो छैन भन्दै आइनन् । नयाँ नयाँमा त भाऊ बढि हाल्छ नि । हाम्रो त के बासी भै हाल्यौ नि ।
होइन होइन, तिमी त मेरी हाँै । त्यो कस्तो छे हँ, भोलि आउँछु चिनजान गराऊ है , हरिलाई मिलाई दिनु पर्याे ।
आ………छोड्नुस्र बिलको पैसा दिनुस् मैनेजर कराउँदै छ ।
बाँकी तिमीलाई भन्दै रमेशले पैसा बिजुलीको हातमा दिन्छ ।
बिजुली, आफूले पाउने टिप्सको हिसब गर्दे काउन्टरतर्फ लाग्दछिन् ।
हिँड न, घरमा फोन पनि गर्नु पर्छ भनी हरि हतार गर्छ ।
त्यहाँ काउनटरबाट गर न ।
अहँ…………, घरमा आई.डी.कलर छ के ।
अब तीनजनै हतारिदै रेस्टुरेन्टबाट निस्कन्छन् । गेटमा पालेको स्वर आँउछ ःगुड एभनिँग सर ।
प्रेम पालेतर्फ हेदै सोध्छ ः– “कालु अंग्रेजीमा बोल्न कहाँबाट सिकेको ? तिमीले पहिले बोलेको “सलाम साबजी” नै वेश थियो ।
साऊजी, मनाश्लु होटलमा मेरो साथी पाले छ । ऊ सँग अस्ति भेट्न गएको थिएँ, उसले गुड एभनिंग, गुड एभनिंग भन्दै थियो । अनि मैले पनि सिकेको ।
यो, अंग्रेजी तिम्रो वशको कुरा होइन् । गुड एभनिंग साँझ पख मात्र भन्ने गरिन्छ, अब रति परिसक्यो, त्यसैले गुड नाईट भन्नु पर्छ ।
बुझ्यौ, भनी रमेशले बुझाउने प्रयास गर्छ ।
खै साऊजी यो अंग्रेजी बंंग्रेजी भन्दा त सलाम साऊजी नै सजिलो । हजुर भेलि आउनुस् है, चंदा पनि आउलिन्, क्या च्वाँक छे । अँ त्यो रानी थिई नि, भोटेनी, उसैको बहिनी हो । उसकै जस्तो राम्री छे मोरी ।
पे्रम, केहि सम्झे गरी सोध्छ ः– ए कालु अनि रानी आजकल कता छे हँ, देखा पर्दिनन् नि ।
मोरी त भागिन् एउटा लफंगासँग, पछि मौज गरेर छोडेपछि गार्डेन रेस्टुरेन्टमा काम गर्दैछिन् रे ।
ल अबेर भो, हामी लाग्छौ भन्दै उनीहरु हिंडछन् र रमेश कहाँ पुग्छन् । त्यहीबाट हरिले घरमा फोन गर्छ ः हेल्लो…..मम्मी म आज आउन भ्याउँदिन, यही साथी कहाँ सुत्छु । भोलि कलेजमा विक्ली टेस्ट छ, त्यसैको तयारी गर्नु छ ।
हुन्छ….., खाना त खाईस् ।
हजुर, मम्मी, यहीं साथीको मै खाएको धन्दा मान्नु पर्दैन ।
भोलि बिहानै आउनु है ।
हवस् बिहानै आउँछु भन्दै फोन राख्छ, “टक्क” । बल्ल टेन्शन समाप्त भयो । प्रेम, तँ पनि यहि सुत् । राति कहाँ जान्छस्, बाहिरको कोठामा तीनजनै अटाई हालिन्छ ।
ल हुन्छ ।
अब पे्रम र हरिको कुराकानी शुरु हुन्छ ।
हरि किन ह्यांग भएको ? अब के को चिन्ता पर्यो, आन्टिलाई पनि भन्दिई हालिस् ।
होइन, बढी भो, बान्ता आउँला जस्तो छ ।
रमेश कराउँछ ः– दुई मै लाग्यो, छोड । प्रेम, एले के भन्या थ्यो रे ? भन्दै हाँस्छ ः– हे…..हे…..हे…..
“बहिनी एउटा चु.. देऊन” । हे……हे……..हे……
भैगो झन् यसलाई टेन्श नगर न । आफ्नो पालो बिर्सिस् ? हरि, यसको त्यो कालो मोटो व्यवस्थापक छैन ?
अँ…..को, तारासिंह ।
हो उसको कहानी तँलाई थाहा छैन, धेरै लामो छ, पख् म सुनाउँछु । शुरुमा यसको बाउले यसलाई पसल पठाउँदा, म योसँगै साथी भई पसल जान्थें । त्यहाँ हाम्रो प्रथम्त ः भेंट र चिनजान तारासँग भयो । ऊ बडो रमाइलो मान्छे भएको थाहा पायौं, ठट्यौली पारामा कुरा गर्नु उसको शौक थियो ।
एक दिन हामी बस्दै गरेको बेला तारा, एउटी केटिसँग पसलमा छिर्यो र आफ्नो प्रेमिकाको रुपमा परिचय गरायो । हामी थ्री सिक्स पर्यौ, तारा विवाहित रहेको हामीलाई थाहा थियो । उसको श्रीमतीलाई कति पटक भाउजू संबोधन गर्दै फोनमा कुरासमेत गरिसकेका थियौ । झन् अहिले आएकी केटी भर्खरकी, सुन्दर र गोरी थिई भने तारा, साह्ै भद्घा शरीर भएकी कतैबाट पनि दुबैजनाको जोडी नमिल्ने ।
यसबारेमा तारासिंहलाई केरकार गर्दा रुपासँग उसको एक बर्षदेखि लभ चलिरहेको बतायो ।
उक्त घटनापछि त पटक–पटक नयाँ नयाँ युवतीहरुसँग बजार डुलेको अवस्थामा ऊ भेट्टिन्थ्यो र प्रत्येक पटक बडो कलात्मक पाराले तिनीहरुसँग लभ परेको, लाँग ड्रईभमा गएको एवं तिनीहरुले बिहे गर्न मरिहत्ते गरेको घटना हामीलाई सुनाउने गर्दथ्यो । उसले नित्य नयाँ नया लभ लेटरहरु हामीलाई र संभवत ः अरुलाई पनि देखाएर आफुलाई केटी पट्याउन माहिर अर्थात प्लेब्वायँको रुपमा दर्शाउन खोज्दथ्यो ।
हामी त भर्खरै टीन एजको परिधिबाट उम्कन उमेरका थियौं । यसर्थ केटीसँगको सान्निध्यको कुरा सुनेर रोमाञ्चित हुन्थ्यौं, त्यसको साथसाथै तारा सिंहसँग हामीलाई ईष्र्या समेत हुने गर्दथ्यो ।
तारा सिहं रमेशको पसल छेउमै डेरामा बस्तथ्यो । हुनत उसको घर शहरसँगै एउटा गाउँमा भए तापनि ऊ यहीं डेरामा बस्तथ्यो । एकदिन ऊ एउटी राम्री आधुनिक युवतीलाई लिई डेरामा छिर्यो । केहि बेरपछि बाहिर आउँदा हामीले उक्त युवतीबारे कोट्याउन शुरु गर्यौ । उसले तिमीहरुको भाउजू हुन्, गाउँमा बस्न मन नलागेर यहीं बस्ने त्यसैले सँगै ल्याएको हो भनी हामीलाई बतायो ।
त्यस घटनाको केही दिनपछि त्यस टोलमा ठूलै हंगामा भयो । साँझ पख थकित भई कोठामा पुगेको तारा सिंह ह¥स्यांग–फ¥स्यांग गर्दै रमेशको पसलमा आयो र काउन्टर मुनि लुक्यो । यसबारे हामीहरुले केही जान्नुपूर्व तारा सिंहको कोठाबाट आएको चर्को आवाजले ध्यानाकृष्ट ग¥यो । उसको कोठाबाट निस्कँदै गरेका आइमाईहरुको झुण्डले भाउजूलाई जगल्ट्याएर, घिसार्दै तथानाम गाली गर्दै थियो । बेलाबेलामा तिनले ती समूहको चुटाइसमेत खेप्नु परिरहेको थियो । यस घटनाबारे जानकारी पाएर त्यहाँ पूगेका प्रहरीहरुले उक्त झगडा साम्य पारेका थिए ।
हामीलाई स्तब्ध पारेको यस घटनाबारे तारा सिंहसँग सोध्दा भलण्डै दर्जन आइमाईहरुको समूहमा उसकी आमा, काकी, श्रीमती र छिमेकी आइमाईहरु रहेको थाहा पायौं । यस कुराले गर्दा हामी बिस्मित हुन पुग्यौं । अनि महिनौं देखि स्वास्नीको रुपमा परिचय गराइएकि कथित स्वास्नी आखिर को थिइन् त (?) भनी प्रश्न उब्जिएको थियो । जसबारे तारा सिंहले उनी शहरको चर्चित रेष्टुरेण्टकि डान्सिंग गर्ल थिइन् भनी प्रष्ट पार्यो ।
यस घटनाले हामी समक्ष एउटा कुरा प्रष्ट भयो कि तारा सिंहले घुमाउने गरेका केटीहरु प्रेमिका नभई कुनै न कुनै रेष्टुरेण्टबाट भाडामा ल्याइएकाहरु थिए ।
कुराकानीको क्रममा चालु राख्न हरिले प्रेमलाई सोध्छ, “अनि त्यसपछि के भो ? रेष्टुरेण्ट आइराख्दा तिमीहरुको लभ परेन कसैसँग ?”
पछि हामीहरु प्नि तारा सिंहसँगै प्रथम पटक रेष्टुरेण्ट आएका थियौं । पहिलो चोटी नै रमेशले काँमेडी गरेको थियो ।
तँ जस्तै……हो……हो……हो…..भन्दै हाँस्छ ।
आफ्नो बारेमा कुरा उचालेको सुनेर रेमेश झोक्किंदै कराउँछ, ए सुत्दैनौ तिमीहरु, बिना कामको कुरो गरेर के फाइदा ।
तँ सुत् न, भनि प्रेमले जवाफ दिन्छ ।
अनि मायाको के राम कहानी हो हँ, मायाको नाउँबाटै यो तर्सिन्छ, किन ? हरिले कनैतूहलता पोख्छ ।
त्यै त सुनाउँदै छु । जसलाई यसले फस्ट टाइम “दिदी बस्नुस्” भनेको थियो, उसैको नाउँ माया थियो । पहिलो चोटिको रेष्टुरेण्टको अनुभवले हामी त्यसतर्फ झनै आकर्षित भयौं । त्यसपछि त तारा सिंहसँगै प्राय ः रेष्टुरेण्ट जान शुरु गर्यौ ।
त्यहाँ तारा सिंह रेष्टुरेण्टका केटीहरुसँग जिस्किइरहन्थ्यो, चलिरहन्थ्यो । झनै मायालाई मेरो निजी हो भनी धक्कु लगाउँथ्यो । मायाभन्दा कम उमेरका बार गर्लहरु मायालाई दिदी भन्ने हुनाले तारालाई भिनाजु भनी सम्बोधन गर्दृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृथ्यो । मायाको शरीरसगँ चल्नु, आलिङ्गन गर्नु,म्वाई खानु यी सब सामान्य कुरा थियो तारासिंहको लागि । तर मायाले उसको उच्छृंखलता सहनुमा बाध्यताको झलक पाइन्थ्यो । यी सब गर्न नचाहेको कुरा उनको अनुहारमा देखिएको पीडाबाट सहजै अनुमान लगाउन सकिन्थ्यो । हामी नयाँ भएको हुनाले यी सब हेरेर बस्थ्यौं । यसरी रेष्टुरेण्ट र मायासँग हाम्रो निकटता बढ्दै गयो । कहिलेकाहीं हामीबाट पाउने सहानुभूतिका शब्दहरुले माया प्रभावित हुँदै गएकी थिइन् । जहाँ माया र ताराबीचको सम्बन्ध करकाप र बाध्यतामा टिकेको थियो । त्यहीं रमेशसँग माया भावनात्मक रुपले सम्बन्ध गाँस्दै थिई । उनी रमेशबाट सहानुभूति पउन खोज्दथिन् । यसरी क्रमैसँग मायाले रमेशका राम्रा नराम्रा गतिविधिहरु केलाउन थाली । उनी रमेशले रक्सी, चुरोट जस्ता दूव्र्यसन त्यागून् भन्ने चाहन्थिन् । बिस्तारैरमेशका हरेक कुरा जस्तै लगाइ,खुवाइ र आनीबानी सबैमा चासो लिन थालिन् । जस्तै यो सर्ट तिमीलाई साहै« सुहाएको छ । अब धेरै रक्सी न खाऊ,दुई स्टिक भन्दा बढी चुरोट भइसक्यो,अब नखानु आदि । यसरी मायामा शूभेच्छुको छवि रमेशले पाउन थाल्यो । हामीले माया रमेश तर्फ आकर्षित रहेको थाहा पायौं । यसकारण रमेश खुसीनै थियो । उसले तारासिंह भन्दा रमेशलाई बडी महत्व दिएको भान हुन्थ्यो । यसैकारणले गर्दापछि रमेश एक्लै बार आउन थाल्यो । यिनिहरुको सम्बन्धको चर्चा परिचर्चा बारभरि र हामीमाँझ समेत हुन थाल्यो । ऊ मायासँग मौजगर्ने सोचेर बार आउँदथ्यो । तर उसको सामु परास्त हुन पुग्थ्यो । उसको मनमा उठेका नराम्रा भावानाहरु सब सेलाएर जान्थ्यो । उसले मायाको शरीरलाइ छुने साहस समेत जुटाउन सक्दैनथ्यो ।
तर त्यही क्रमसँगै ढिस्कोको रुप लिन शुरु गरेको उनीहरुको सम्बन्धले गर्दा माया रमेशप्रति अधिकारको समेत प्रयोग गर्न थालेको हामीले महसूस गर्यौ । उसले रमेशको नराम्रो बानीलाई सकभर रोक्न थाली, बन्देज लगाउने प्रयास गर्न थाली । तपाई रक्सी बन्द, फोहोर बोलेको मन पर्दैन आदि जस्ता आदेशात्मक शैलीको प्रयोग गर्न थाली र रमेश नचाहेर पनि मायाको आभा मण्डल सामु गैण हुन पुग्थ्यो ।
यसरी मायाको सन्निकटताले गर्दा ऊ रोमाञ्चित भए तापनि आफ्नो स्वार्थप्रर्ति हुने छाँट नदेखेपछि रमेश सकभर मायाबाट बच्न शुरु गर्यो । ऊ मायाको आफ्नोपनबाट अलग्गिन थाल्यो । खासै भन्ने हो भने रमेश मायादेखि तर्सिन थालेको थियो । मायाको व्यवहारले उसको उच्छ्र्र्रृंखलता समाप्त हुने गर्दथ्यो । वास्तवमा रमेशको एक मनले मायालाई रेष्टुरेण्टकी केटीभन्दा फरक देख्तथ्यो, त्यसैले ऊ मायाबाट बच्न खोज्न थाल्यो । जेहोस् मायाले यसलाई खुबै माया गर्छे । ल यी कुराहरु पनि सकिय, अब सुतौं भन्दै सबैजना निदाउँछन् ।
भोलिपल्ट फेरि रेस्टुरेन्ट छिर्ने प्लान बनाई सबैजना छुट्टिन्छन र फेरि साँझपख तीनैजना रेस्टुरेन्ट पुग्छन् । त्यहाँ द्धारमा कालु हतारिदै भन्छ ःरमेश साऊ जी, के भन्न खै ! मायाले त हिजो राति जीउमा आगो लगाइछिन् । सदर अस्पतालमा भर्ना गरिएको छ, हजूरसँग भट्न मन गर्दैथिइन ।
अघि त दुई , तीनजनालाई खबर भन्दिनु भनेर पठाएको पनि थिएँ पसलमा ।
रमेश दुःखी हुँदै सोध्छ ःकिन गरी उनले यसो ?
खै साउजी चार पाँच दिनदेखि बारमा पनि आएकी थिइनन् र हिजो राति यसरी आफैलाई धोका दिइन् । अहिले जीवन र मृत्युको दोसाँधमा छिन् । पटक पटक हजूरलाई बोलाइदिने आग्रह गर्दै थिइन् । गइदिनु हुन्छ कि ……………. अन्तिम अवस्थामा छिन् बिचरी ।
रमेश केही नबोली बारभित्र छिर्छ । आज बारभित्र खल्लो लागिरहेछ उसलाई । सारा स्टाफइरुको अनुहारमा दुःख स्पष्टै देखिन्थ्यो । रमेश बियर मगाउँछ र छिट्टै सकाएर बाहिर निस्कन्छ ।
प्रेमले रमेशलाई सोध्छ ः– जाने हो उता ?
जानु पर्ने त हो यस्तो बेलामा भन्दै रमेशले सबैलाई लिई अस्पताल तर्फ लाग्दछ । सदर अस्पतालमा सोधपुछ पश्चात् उनीहरु मायाप्रति दुःखी र यसरी मायालाई भेट्न आएको भनी चिनेको व्यक्तिले थाहा पाउँला भन्ने आशंकाले डराउँदै जेनेरल वार्डमा छिर्छन् । त्यस कोठाको एउटा बेडमा माया थिइन् । रमेशहरुलाई द्वारमा देख्नसाथ उनको अनुहार उज्यालो भयो । मायाले रमेशतर्फ हेर्दै भनिन् ः–तपाई आउनु हुन्छ भन्ने आशा मैंले मारिसकेकी थिएँ, तर आउनु भयो भन्दै उनको अाँखाबाट आँसु बग्न थाल्यो । हामी जस्तालाई हेर्न नि कोही आउँछ ?
रमेश टाउको तलतिर गर्दै सोध्छ ः–यसो किन गरेको ? अनि मलाई किन बोलायौं ? रमेशले तीन हजार रुपैया मायालाई दिन खोज्दछ ।
मायाले उक्त पैसालाई नकार्दै भन्छे ः– रमेश जी ! अब मर्ने बेला रुपैया , पैसाको के काम । तपाई आईदिनु भो यही बढी छ ।
अब प्रेम प्रश्न गर्छ, माया यसो गर्नै पर्ने थियो र ! तिमीलाई के आपत आइपरेको थियो ? माया बोल्न शुरु गर्छे ः– “मेरो गर्भमा ताराको बच्चा छ र मैले बच्चालाई जन्माउँन चाहेकी छैन । बारमा काम गरेको तीन बर्षको अवधिमा तारा बाहेक अन्य कसैलाई मेरो शरीर सुम्पेकी छैन । तर मलाई थाहा छ ताराले मलाई स्वीकार्दैन । ऊ मात्रै होईन, पुरुषले सिर्जेको यस समाजमा मलाई स्वीकार्ने कोही भेटिदैन । रेस्टुरेन्ट चलाउने साऊदखि यहाँ धाउने पुरुषको खोल ओढेका नामर्दहरु, सबैले नारीलाई मात्र बस्तुझैँ प्रयोग गर्न जान्दछन् । यस्ता कायरहरुले हामीजस्तालाई वेश्याको नाउँ दिई आफ्नो दोष खन्याउने भाँडो मात्र बनाएका छन् । यिनीहरुको बीचमा मेरा भावी सन्तानलाई खडा गर्न चाहिनँ । यदि जन्माएको भए पनि यस समाजले बाँच्न दिने थिएन । हामी जस्तालाई त यी पुरुष भनाउँदाहरुले विवशताको थप्पड हिर्काइँ दयनीयताको पाठ पढाउँदै वेश्याबनाएर नर्कमा धकेल्छन् भने वेश्या आमाको सन्तानलाई सहजै बाँच्न देलान् ? वेश्याको ट्यागसँगै जन्मिएका छोरीलाई पलपल वेश्या नाउँको थप्पड खान कसरी दिनु ? आज वैस हुन्जेल यो रेस्टुरेन्टको ढोका खुला छ, भोलि वैस सेलाएपछि यसको द्वारपनि बन्द हुन्छ । अनि मेरो सन्तानको पेट कसरी र्भे ? पटक–पटक मार्नुभन्दा एकैपटक सधैंको लागि समाप्त हुनु नै हाम्रोलागि सदगति प्राप्त गर्नु हो । यसर्थ मैंले यो संसार त्याग्ने निर्णय गरें ।
रमेश जी, जीवनमा पहिलो पटक भोकले आत्तिएर पेटको पीडा शान्त गर्न यो नर्कको अशान्तिलाई अंगाले र आज दोश्रो पटक यो नर्कको अशान्तिबाट आत्तिएर मृत्युलाई अंगालें, अब म शान्ति भोग्छु, अथाह शान्ति ।
रमेश जी, जीवनको अन्तिम घडीमा मेरो एउटा इच्छा तपाईले पूरा गरिदिनु हुन्छ भन्ने आशा लिएकी छु । मसँग बिताएको समय भरिमा क्षणभरको लागि भएपनि मलाई प्रेम गर्नु भएको छ भने……..होईन प्रेम पाउने हामी जस्ता भोग्य वस्तुको भाग्य कहाँ हुन्छ ? म प्रति तपाईको मनमा क्षणिक आशक्ति पलाएको थियो भने त्यसको साटो म तपाईबाट बाचा गराउन चाहन्छु कि तपाई त्यो नर्कमा पुनः जानु हुने छैन । मैंले त्यस नर्कको कालो छायाँले कत्ति जनाको जीवन अँध्यारो भएको देखेकी छु । पुरुषको खोल ओढेका नामर्दहरु धाउने मञ्चमा तपाई गएको सुहाउँदैन त्यसैले तपाई बाचा गर्नुस् कि त्यहाँ जानु हुन्न, मेरो अन्तिम इच्छा पूरा गर्नुहुन्छ । यदि मैंले एकजनालाई पनि त्यस रेस्टुरेन्ट एण्ड बारको रापबाट जोगाउन सकें भने मेरो कुकर्मको दुष्फल केही कम हुनेछ ।
रमेश मायाको कुरा सुन्दै जडवत् हुन पुगेको छ । ऊ प्रतिक्रिया विहिन भइसकेको छ । उसका अाँखाहरुबाट अविरल आँसु बगिरहेछ । अवस्थालाई बुझ्दै प्रेमले रमेशको हात समाउँदै भन्छ ः– माया, रमेशमात्रै होइन हामी तिनजनै त्योबार भन्ने ठाउँमा छिर्दैनौं । तिमी आश्वस्त होऊ, बरु तिमीप्रति हामी आभारी छौं । तिमीले हामीलाई कुलतबाट जोगायौं । तिम्रो अन्तिम इच्छा पूरा हुनेछ । रमेशले स्वीकृति दिएको मुद्रामा मायातर्फ हेदछ । मायाको आँखाबाट खुसीको आँसु झर्छ ।
अब तीनजनै विहवल हुँदै बाहिर निस्कन्छन् । पेम्र र रमेश पसल जान्छन् । त्यहीं फोनबाट कालुले मायाले लोक छोडेको दुःखद खबर सुनाउँछ । उनीहरु झनै व्यथित हुन्छन् ।
सोहि बखत तारासिंह त्यही आइपुग्छ । ओहो ! रमेश बाबु के भो ? यत्रो दिनपछि भेंट भइरहेको छ । सोध नखो……….., किन टेन्शनमा हुनु हुन्छ ? अनि वातावरणलाई परिवर्तन गर्न जिस्कँदै भन्छ ः– के बिचार छ ? जाने हैन त आज “पिंक महल” मायालाई पनि नभेटेको धेरै दिन भइसक्यो । आज त जानु पर्छ, हैन !
रमेश भन्छ ः– अँह ! हामी जाँदैनौं, मायासँग तपाईको भेंट हुँदैन । उसले तपाईलाई सधैंको लागि कुर्न छोडि । यति भन्दै ऊ भक्कानिन्छ ।
ताराले नचिताएको अवस्था प्रति ध्यान पुर्याउदै के कुरा हो भनि बुझ्न खोज्न थाल्छ । ……………….
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )