~नवराज जोशी~
……….र मेरो चिया पिउने र चियासँगको यादगार प्रेम प्रत्येक बिहान एक स्टिलको गिलास चिया पिउन सबेरै उठेर रु.३ (तिन) पर्ने एक पाउ(२५०मिलिलिटर) दुध नजिकैको होटेलबाट ल्याइ दिनमा एक पटक फेरी चिया पिउन पुग्ने गरी उमालेर राखी बिहानी चिया पिउने आदतसँगै आजका दिनसम्मको ।तर, रमाइलो कुरा चिया मलाई कहिल्यै खाऊँखाऊँ पनि लागेन र नखाऊँनखाऊँ पनि लागेन किनकि, रहेछ मैले आजसम्म कुनै हिसाबै नराखी चिया पिएको रहेछु, कति बटुको, कति कप, कति कप तर ।
धेरैले चियालाई अतिथि सत्कारको सजिलो अनि सकारात्मक उपभोग्य वस्तुको रुपमा लिन्छन नेपालमा र उसलाई पनि चिया पारखीको रुपमा चिन्दछन्।तैपनि, उ एक सामान्य मान्छे हो। कैंयौ पटक भेटौं न यसो भन्दा जवाफ व्यस्त छु भन्दै झारा टारेजस्तो गर्ने उसलाई एकपल्ट हेल्लो भेटौं न यसो चिया गफ मिल्छ कि भन्दा त उसको हुन्छ, धन्यवाद भन्ने जवाफ सायद पहिलो धन्यवाद थियो मेरा लागी, किनकि मैले उसलाई धेरैथोरै चिनेतापनि चियाप्रतिको उसको लगाव सायद पहिलोपटक थाहा पाँए।
मैले उसलाइ पहिलोपटक मुहार पुस्तिका/फेसबुकमा साथीको रिक्वेष्ट पठाउदा उसले चिन्नुहुन्छ यहाँले मलाई? भन्ने प्रश्नसवाचक म्यासेज छोडेको थियो।लाग्थ्यो नचिनेको मान्छेलाइ उ साथी बनाउदैन कि।जवाफमा मैले उसलाई केही भन्न सकिन।उसले धेरै दिनपछि मुहार पुस्तिकामा साथी स्वीकार गर्यो भन्ने नोटिफिकेसन मेरो लागी खुसीको कुरा थियो।मैले हेल्लो आरामै हुनुहुन्छ भनी म्यासेजबाट गरेको कुराकानीबाट सुरु भएको म र उसबिचको वार्तालाफ कैंयौ पटक भेटौं न यसो भन्दा जवाफ व्यस्त छु भन्दै झारा टारेजस्तो गर्ने उसलाई एकपल्ट हेल्लो भेटौं न यसो चिया गफ मिल्छ कि? भन्दा त उसको हुन्छ, धन्यवाद भन्ने दुई शब्दिय जवाफ र जवाफको एउटा शब्द ‘धन्यवाद’ सायद पहिलो सकारात्मकता थियो मेरा लागी, किनकि मैले उसलाई धेरैथोरै चिनेतापनि चियाप्रतिको उसको लगाव सायद पहिलोपटक थाहा पाँए।
तर उसले मलाई चिया अफर गरेको थियो मेरो कुराकानीको प्रसँगमा एक शनिवार बिहान 8:30 बजे । म गएँ उसले बोलाएको ठाउँमा उसको म्यासेन्जरको कुराकानी अनुसारको ठाँउमा पुग्दा उसको मुहार पुस्तिकाको अनुहार पत्ता लगाउन/चिन्न मुस्किल भएन मलाई।म पुग्दा उसले शिष्टाचारपुर्ण अभिवादन गर्दै सोध्यो आरामै छ? नजिकैका अन्य व्यक्तिहरुलाई लाग्यो होला उसले मलाइ पहिलादेखी चिन्दथ्यो ।
प्रश्नको सुरुवात सँगै के छ हालखबर? लगायतबाट मैले दिएको जवाफसँगै उसले इसारा गर्यो माथितिर जाउ भन्ने मैले पछि थाहा पाँए, त्यो उसको सदाजसो चिया पिउने ठाँउ/अड्डा थियो।पुन: उसले इसारा गर्यो कुर्सि/टेबलतिर र बस्न अनुरोध गर्यो इसारामा, म बसे उ पनि फेस टु फेस कुराकानि गर्ने जस्तै गरि बस्यो साधारण तवरले। मैले मनमनै सोचे उसले कतिबेला चिया अर्डर गर्छ वा अर्डर लिने मान्छे आउछ, तर त्यसो भएन त्यहाँ। उसले चिया अर्डर गरेन र चिया अर्डर लिन पनि कुनै मान्छे आएन । एक छिन हाम्रो गफ चल्दै गर्दा दुइ वटा काँचको गिलासमा दुधको चिया ल्यायो एकजनाले र मुस्कानसहित आफ्नो मुख फोर्यो , सर आरामै होइसिन्छ, चिया लिउ हजुर भन्यो।म छक्कय परे सायद मैले यसरी बिना अर्डर चिया आउदा सोचे यहाँ उ देखा पर्नु केवल चियाकै लागी रहेछ कि? पछी थाहा पाँए हो रहेछ।
चिया देख्ने बित्तिकै उ मुस्कुरायो, उसको गहुँगोरो अनुहारमा केही चमक थपियो।लाग्थ्यो उसको चियाप्रतिको प्रेम साच्चिकै गाढा रहेछ।चियाको प्रथम चुस्की लिनुअगाडि उसले मलाई चिया लिउ जस्तै इसारा गर्यो जुन चियर्स भन्दा कम थिएन, कुनै पार्टि/भोजको र चियाको एक चुस्कि लियो।उसको चिया पिउने स्टाइल देखेर म निकै प्रभावित भए किनकि म खासै चिया पिउने मान्छे होइन र मेरो आदत नभएकोले होला जस्तो फिलिङ्ग आयो म मा।मैले पनि यस्तै कुरा सँगै चिया सकाउने प्रयास गरे, बिचमा उसको मोबाइलमा फोन आयो सायद नचिनेको नम्बर थियो जस्तो कुरा भयो तर उसले आफ्नो परिचय एक मिनेटमा नै नहिच्किचाइ दियो। मैले पहिलोपटक यस्तो सटिक कुराकानि सुने र लाग्यो अन्तर्वाता जस्तो, उसले एउटा नम्बर टिप्यो त्यै फोन कलबाट र हार्दिक धन्यवादका साथ फोन राख्यो।मतिर इसारा गर्दै उसले मलाइ धैर्यता लिन भनेजस्तो पारामा ‘एकछिन है त’ भनि उसले त्यो अघिको नम्बर डायल गर्यो र पुन: कण्ठ गरे जसरि त्यही आफ्नो परिचय दोहोर्या यो।एक छिनमा बोल्यो ए यहाँकोमा नम्बर आउदैन हो, ल टिपम् मेरो नम्बर हजुर भन्दै आफ्नो मोबाइल नम्बर दियो, र त्यस्तै हार्दिकताका साथ फोन राख्यो।मलाइ लाग्यो चिने नचिनेका सबैसँग उसले बोल्ने भाषा एउटै रहेछ।अनि एक छिनको सामान्य भेटपछि, उ जुरुक्क उठ्यो र पसलको साहुजीतिर, सायद चियाको पैसा तिर्नजस्तो गरि म पनि अप्ठ्यारो मानी उठेर चियाको म तिर्छु भन्दा उसले सहजै हँसिलो पारामा भन्यो यो मेरो इलाका हो हजुर अनि हजुर त पाहुना, पुन: थप्यो हजुरको इलाकामा जादा पक्का् तिर्नुहोला। उसको यो इलाका शब्द सुन्दा कुनै हिन्दी फिल्ममा ‘ये इलाका हमारा है भाई’ भन्ने सम्झना आयो तर उसको लवाज र सौहार्दपुर्वकको व्यवहार देख्दा म सम्झे मेरा अरु साथीहरु त बिल तिर्दा त तिर न भन्दै झगडा गरेको। यो दुइटै मिजास उसमा पटक्कैख देखिएन ।सायद म नयाँ भएर नि हुन सक्छ। उसले पसलेसँग कति पैसा भयो, के यावत नसोधी सिधै रु.20 को रातो नोट दियो र लागे हजुर भन्यो, पसलेले सलाम पर्कायो र मुस्कुरायो। म मनमनै बोले ‘कस्तो सजिलो मान्छे’ ।
केही अगाडी जहाँबाट उसले मलाए भेटेर चिया पसलसम्म ल्याएको थियो त्यहाँसम्म उ पनि मसङ्गै गयो। र बिदा भयौं हामी ।पछि सम्झे मैले अलि तल पुग्दा ला Û मैलै चियाको लागी धन्यवाद सम्म भन्न बिर्सेछु, उसलाइ, अड लाग्यो मलाइ।तर उसको व्यस्तताका बिच चिया उसको निकै रोजाइको उपभोग्य वस्तु रहेछ भन्नेमा म विश्वस्त भए त्यो पहिलो चिया गफबाट।
नेपालीहरुको बहुत महँगो उखान छ नि “अतिथि देवो भव:” साझका पाहुना देवता समान हुन ।यस्तै पाहुनाहरुलाइ चियाले स्वागत सत्कार सुरु गर्ने र प्राय: चिया बिहान अनि दिँउसो सबैको बोलीचालिमा भेट्टिने वा भनौं, घाँटिमा झुण्डिएको थेगो नै हो ।बुढा-पाका, तन्नेरीहरु, आजकलका कलेज पढ्ने ठिटा-ठिठीहरु त झन चियाका प्रकारहरुका बारे निकै जानकार छन् सायद लाग्छ यिनीहरु कलेजमा समेत चिया कै बारेमा पढ्छन् जस्तो। तर, चियाबारे जे जस्तो सुने तापनि मैले चियाका पनि यतिसम्मका पारखी हुन्छन् अनि भेटिन्छन, भन्ने मेरो कल्पनाबाहीर थियो तर म झुटो सावित भए उसको शब्दमा व्यक्त गर्न नसकिने चिया प्रेमले।
केही समय झण्डै एक महिनापछी मैले उसलाई म्यासेन्जरमा ‘हेल्लो’ लेखे जवाफ आयो ‘हजुर’ मैले अरु केही भन्न नसकेपनि चिया पिउनुभयो भनी लेख्दा सुरुमा ‘चिया’ मात्रै शब्द उसकोमा पुगेछ मेरो प्रश्निको पिउनुभयो शब्द त पाइपलाइनमै थियो सायद जवाफ हाजिर भयो ‘दोस्रो कप पिउदै छु, अहिले मजस्तो होइन फरक’ मैले बुझ्न नसक्दा पनि बुझे जस्तो गरे।आज शुक्रबार थियो मैले भोली शनिबार उसलाइ चिया पिउन/भेट्न खे ‘हजुरलाइ चिया निम्तो मेरो इलाकामा’ किनकि मैले कैयौं पटक चिया आग्रह गर्दा पनि उसले भनेको याद छ। बिहान 6 बजेदेखी साझ 7 बजेसम्म मिल्दैन भनेको र मलाइ चाही उससँग अलि लामो चिया गफ गर्नु थियो, त्यसैले मैले उसलाइ शनिबार बोलाउने प्रयास गरेको।मेरो निम्तोको जवाफमा उसले सहजै हस्, हुन्छ र कतिबेला तिनवटा शब्द लेख्यो ।मैले शनिबार हो भन्ने थाहा नपाएजसरी लेखे समय कतिवेला मिल्ला हजुरको? उसले हाँसेको रियाक्ट गर्दै भोली म फुर्सदमै हो शनिबार यहाँको समयमा भन्ने जवाफ लेख्यो मैले सजिलै बिहान 11 बजेपछी म फोन गर्छु नि त हजुरलाइ भन्दा उसले ’ओके’ लेख्यो । मसँग उसको मोबाइल नम्बर थियो तर उसलाइ थाहा थिएन, यसबारे किनकि मैले उसँगको सुरुको भेटको चिया गफमा कसैलाइ उसले आफ्नो नम्बर टिपम् हजुर भन्दा मैले त्यो नम्बर त्यो मान्छेभन्दा छिटो आफ्नो मोबाइलमा टिपेको के थाहा।तैपनि मैले लेखे हजुरको मोबाइल नम्बर पाउन सकिन्छ? जवाफमा उसले सहजै आफ्नो मोबाइल नम्बर लेखी पठायो, र सँगै लेख्यो यहाँको नम्बर पनि यसमै छोडिराख्नु ल किनकि, मैले नयाँ नम्बरको कल कम रिसिभ गर्छू।मैले मेरो मोबाइल नम्बर लेखे । वार्तालाफ यसैबिच टुङ्गियो।
म कुरे कतिबेला 11 बज्ला भनेर, फेरी ठ्याक्कै बिहानको 11 बजे मोबाइलमा उसको नम्बर डायल गरे लगातार तिन-तिन पटक तर काटे । मलाइ कुरा गर्न हिच्किचाहट भयो । एक गिलास चिसो पानि पिए।अनि पुन: डायल गरे तिन घण्टिमा आवाज आयो ‘हजुर’ मैले सोचे प्राय हेल्लो भन्दा मेरा सबै साथीहरु हाइ के छ? अगेराबगेरा भन्छन तर उसको यो हजुर उसकै स्टाइल थियो सायद नविनतम।मैले उसको अस्तिको जस्तै सटिक परिचय सम्झे र परिचय दिए।उसको झन सटिक ‘चिने’ भन्ने शब्द मेरा कानमा गुन्जियो।उसले थप्यो कता भेटम् त? मैले आफ्नो इलाका/लोकेसन उसलाइ भने उसले अबको 20 मिनेटमा आइपुग्ने भन्यो।वार्तालाफ सकियो ।म छिट्टै उसलाइ बोलाएको इलाकामा पुगेर बसे नभन्दै उ आफ्नो त्यै निलो आकाशे कलरको पुरा बाहुला भएको टिसर्ट र ब्लु कलरको जिन्स पाइन्टमा देखा पर्यो ।यसपल्ट उसलाई र मलाइ एक अर्कालाइ चिन्न झन अप्ठ्यारो हुने कुरै आएन।
उसले शिष्टाचारपुर्वक उसको अस्तिको जस्तै स्टाइलमा अभिवादन गर्यो, सोध्यो आरामै छ।जवाफ दिदै मैले उसलाइ मेरो इलामा जहाँ मैले सधै दुध किन्थे त्यै पसलमा चिया पनि पाइने भएकोले त्यतै जाउ भन्ने इसारा गरे।पसलमा पुगेपछी मैले उसबाट सिकेको बस्ने इसारा उसलाइ नै फिर्ता गरेझै इसारा गरे ।हामी बस्यौ त्यै फेस टु फेस कुराकानिको पोजिसनमा ।मैले पहिला नै कतै सुनेकी थिए कि, खानपिनमा कसैलाई पनि कर गर्नु हुदैन भन्ने र त्यसै गरि सोधे उसलाइ कस्तो चिया पिउनुहुन्छ त आज हजुरले? किनकी उससँग सुरुको भेटपछि मैले चियाबारे खोजिनिति गरि कालो, फिक्का, दुधचिया, लेमन, हट लेमन आदि र कैयौं पटक घरमा प्रयास पनि गरे चिया पिउने किनकि चिया पिउने स्टाइल पनि सिक्नु थियो मलाइ। उसले मेरो कस्तो चिया को जवाफमा ‘मजस्तै’ भन्यो म हाँसे, झन्न सम्झेछु अस्तिको कुराकानिमा उसले भनेको मजस्तै शब्द।उ गहुँगोरो बर्णको भएपनि ठट्टा गर्न सिपालु रहेछ, जुनसुकै कुरामा पनि हँसाउने बोलीको तर उसको ‘मजस्तै’ भन्ने शब्दको अर्थ त ‘कालो चिया’ पो रहेछ।मैले पनि कालो चिया पिउने भनी दुइ कप कालो चिया अर्डर गरे किनकि उसको अड्डा जस्तो अर्डर नै नगरि सिधै दुधको चिया पाइने ठाँउ थिएन यो मेरो इलाकाको।
एकछिनको गफ हुदै गर्दा अचानक उसको मुहारमा मुस्कुराहट देखे मैले, यसो यतातिर हेर्दा त पसले दाइले चिया पो ल्याउदै रहेको उसले देखेछ, मैले सोचे चिया चाँही कालो नै किन नहोस् वाह उसको चिया प्रेम ।मैले चिया पिउदै गर्दा सोध्नुपर्ने त खासै केही थिएन, किनकि म सोध्न आट्दैनथे उसलाइ। बस् प्रसँग निकाल्नु थियो प्रसँग आउनासाथ उ आफ्नो सबै कुरा अन्तर्वाताकारको प्रश्नोको जवाफ जसरी दिन्थ्यो।कतियप कुराहरु मेरो दिमागले अर्थ्याउन सक्दैनथे तैपनि मैले बुझेजस्तो गर्थे।अब चाँही उसलाइ मैले सधै जस्तो बोलाइरहनु पर्दैन किनकि उ मेरो चिया पिउने साथीको सुचिमा परिसकेको र उसले कतिबेला शनिबार यस्तै चिया गफ गर्न बोलाउथ्यो अरुबेला नभएनी उससँगको चिया गफले म पनि चिया पारखीभन्दा कम थिएन अब।यस्तैमा उसको र मेरो एकपल्ट दुइपल्ट हुदै सयौंपल्ट चिया गफ भयो होला यसरी उसँग करिब एक बर्षे चिया गफपछी म आफ्नो कामको सिलसिलामा पोखरा गए, सायद भेट नभएको पनि एक बर्ष जति भयो होला । एक दिन साँझ करिब 9 बजेको समय थियो होला मेरो मोवाइलको घण्टि बज्यो फोन हेर्दा त त्यै मेरो चिया पारखी मित्रको रहेछ।फोन उठाउदा त्यही स्टाइलमा अभिवादन अनि त्यस्तै सोधपुछको प्रश्न आरामै छ? अनि थप कुरा भोली चिया निम्तो छ है मेरो इलाकामा । म फेरी एकपल्ट हारे किनकि मैले काठमाण्डौं आउदासमेत उसलाइ सम्झेन, पछि अर्को दिनको चिया गफमा उसले एउटा केस/घटनाको बारेमा सुनायो, एउटा घरमा 3 जना बुबा-आमा र एकमात्र छोरी रहेछन्, आमा बिरामी भएर बुबाले आमालाई अस्पताल लगे। अस्पताल अर्को जिल्लामा थियो र त्यस दिन घर फर्किन सक्ने अवस्था थिएन र छोरीको जिम्मा घर हेर्ने, छोरीले बुबा-आमा अस्पताल जाने बितिक्कै आफ्नो फेसबुकको वालमा लेखिछिन्, “आमा बिरामी भइ बुबाले फलानो अस्पताल लगेको हुदा घरमा एक्लै भएको अवस्था” त्यस लेखाइले कत्तिको बेफाइदा हुन्छ भन्ने ज्ञान छोरीमा थिएन र त्यसै दिन उसको घरमा 2/4 जना खराब केटाहरु आएर सबै सखाप पारेछन्।पछी प्रहरीले अनुसन्धान तहकिकात गर्दा प्रक्राउ परेसी पो थाहा भो ति केटाहरुले उसको फेसबुकको “आमा बिरामी भइ बुबाले फलानो अस्पताल लगेको हुदा घरमा एक्लै भएको अवस्था” स्टाटसले पो रहेछ। र मैले उसबाटै थाहा पाए, यो एक्काइसौं सुचना प्रविधिको युगमा त सबै कुरा सम्हालिएर पो गर्नुपर्दो रहेछ, जब उसले भन्यो मैले पनि यहाँको फेसबुकको Travelling to Kathmandu ले थाहा पाएर पो फोन गरेको हु । त्यसैले यसपटकको चिया गफ निकै महंगो सिकाइ भो मलाई त्यो मेरो फेसबुके Travelling to Kathmandu ले।
मैले प्राय: केही थान मान्छेहरुको मुखारबिन्दुबाट सुनेको थिए, चिया स्वास्थ्यको लागी हानिकारक छ, पिउनुहुन्न । तर जब मैले उसको चिया प्रेम र कतिपयका मुहारपुस्तिकाहरुमा लेखेको,देखे, भेटे; जस्तै:- ‘लाल चिया र फिक्का कफी पिउनुहोस् अनि स्वस्थ जिवन जिउनुहोस’,‘असल जिन्दगी उसैले जिउछ, जसले चिया पिउछ, ‘चिया जिन्दगी र माया: एक कप चिया: भलाकुसारी देखी भाइचारासम्म’,‘खुसी हुन बढी के पो चाहिन्छ र! झ्यालमा बसेर चिया खांदै संगीत सुने पुग्छ’
र उसको मुहार पुस्तिकाको मा बिभिन्न मिति/समयमा लेखिएका थि, ‘र मेरो चिया पिउने र चियासँगको यादगार प्रेम प्रत्येक बिहान एक स्टिलको गिलास ….. आजका दिनसम्मको तर, रमाइलो कुरा चिया मलाई कहिल्यै खाऊँखाऊँ पनि लागेन र नखाऊँनखाऊँ पनि लागेन किनकि, रहेछ मैले आजसम्म कुनै हिसाबै नराखी चिया पिएको रहेछु, कति बटुको कति कप कति कप’, ‘ज्ञान प्राप्त गर्न ध्यान चाहिन्छ अरे।म ध्यान गर्न सक्दिनँ, बरु एक कप चिया थप्न सक्छु’
यसरी चियासँग तपाई अनि हाम्रो जिवन अभिन्न रुपमा जोडीएको छ।वाह वाह उसको चिया प्रेम ।यहाँहरुसँगको चिया गफ छुट्यो कि?
नवराज जोशी
(दोगडाकेदार, ०३ बैतडी)
(नायब सुब्बा, अ.दु.अ.आ. टंगाल)
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट सम्प्रेषण गरिएको ।)