~आविष्कार कला~
छिमेकीको अतिक्रमण देश रूदैछ आज
जनता बनौं बलभद्र बनौं बहादुर शाह ।।
नेतृत्व लिई अघि बढ नकमाउ खुट्टा
सीमाबाट हटाउनु छ विस्तारवादी जुत्ता ।।
अन्तर्राष्ट्रिय अदालतमा प्रमाण पेश गरौं
देश बचाउने अभियानमा हामी अघि बढौ ।।
चन्द्र सूर्य झण्डा भित्र एकजुट बनी
मोर्चा कसौ फिर्ता गर्न हाम्रो कालापानी ।।
जनताले तिखो आवाज नबनाएसम्म
मिचिएको हाम्रो भूमि फिर्ता हुन्न ।।
वीरताको लडाइँको सीमा नालापानी
छिमेकीले साँध मिच्दै आयो कालापानी ।।
बुद्धको देश रोयो अन्यायमा परी
आवाज उठाउ नेपाली जहाँ छौ विश्वभरी ।।
टिष्टादेखि काँगडा खुकुरीले जिति
पानी नखाई युद्ध लडे देशकै निम्ति ।।
पुर्खा लडे देशका लागि अन्तिम प्राणसम्म
फेरि उठौ नेपाली भई युगैयुग बाँच्न ।।
काली पारी नेपाल भन्छ सुगौली सन्धि
हाम्रो भूमि फिर्ता ल्याउ गरौं सीमा बन्दी ।।
– मल्लरानी ३ प्युठान
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )