छन्द कविता : नारी

~गोविन्दराज विनोदी~

छन्द : भुजङ्गप्रयात

म नारी हुँ मेरो अनौठो चिनारी
कसैकी म छोरी कसैकी बुहारी ।

मपत्नी बनी थाम्छु गार्हस्थ सारा
र आमा बनी पोख्छु वात्सल्य धारा ।
कसैकी आमाजु कसैकी म नन्द
म नारी उही फूल, भिन्दै सगन्ध ।

म माया, मआस्था, म विश्वास आशा
म सत् तित् र आनन्दकी मूक-भाषा ।
कला ज्यूनुको लोकमा सृष्टि गर्छु
म जाऊँ जहाँ स्नेहको वृष्टि गर्छु

छ आकाश आलम्ब मेरो तथापि
धरित्री म, छन् चोट लाखौँ म माथि ।
कडा ताडना वाञ्चनाका प्रसङ्ग
युगौँ देखिका वेदना छन् मसङ्ग ।

सकेसम्म पीडा म एक्लै सहन्छु
बनी अश्रु-गङ्गा म आफैँ बहन्छु ।
भए घोर अन्यायको कूर बर्षा
स्वयं बन्छु काली, स्वयं बन्छु दुर्गा ।

अनेकौँ कथा वा व्यथा दूर छाडी
लिई धैर्य बढ्दैछु आफैँ अगाडि ।
म बालेर अस्तित्वको दीप नौलो
छु पर्खी बसेको विहानी सुनौलो ।

बचाएर संसृष्टि-आधारलाई
म धानी बसेकी छु संसारलाई ।

भुजङ्गप्रयात = यगण, (।ss) x ४

१०४ औँ अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा प्रस्तुत गरिएको ।

– गैँडाकोट, नवलपरासी

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.