गजल : कुनै तगारो हुदैन

~अनिता भण्डारी पौडेल~

भावनामा बग्छ मन कुनै तगारो हुदैन
पग्लिन्छ मुटु मायामा साह्रो हुदैन

सम्झिनेले एकहोरो सम्झिरहे पनि
आत्मियता नभएको माया प्यारो हुदैन

पक्कै उसको मन कठोरै होला र त
अरुको मन जल्दा उसलाई गाह्रो हुदैन

देखाबटी माया नगर भो मुटु दुख्नेगरी
भागिरहनेछौ जबसम्म अफ्ट्यारो हुदैन

के बुझ्छौ र बताउछौ ज्ञानका कुरा
ज्ञान बुझ्ने भित्री आँखामा पारो हुदैन

नंया बानेश्वर , काठमाडौँ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.