लघुकथा : अबशेष

~तोषल दाहाल‘अल्पभाषी’~

एउटा नोकर मालिकको छेउमा आएर मालिकको घर भन्दा माथिबाट पानी बग्न थालेको कुरा जाहेरी गर्दछ । मालिकले त्यसरी बग्दै जाने पानीलाई घरभन्दा माथितिरै थुनेर उतै रोकी घरलाई ओभानो राख्ने आदेश दिन्छन् । पानीलाई बाध बाधेर थुनिन्छ ओरालो बग्ने पानीको स्वतन्त्रता हरण हुन्छ । पानीलाई रोक्दारोक्दै अन्त्यमा त्यो बिशाल ताल बन्दछ । तालमुनि रहेको मालिकको घर धरापमा पर्दछ अझै मालिक पानीलाई बगाउन चाहाँदैनन् । बिस्तारै न्यो पानीमा जीवहरुको बिकास हुदै जान्छ ।

अन्ततः त्यहाँ शर्पजस्ता बिषालु बिषालु जीवहरु पनि बिकाश हुन पुग्छन् । मालिकको दमनको शिलशिला झन् झन् बढ्छ । पोखरीका निरीह प्राणिहरु समेत दमनमा परेपछि सम्पुर्ण जीबहरु एक हुन्छन् । भ्यागुता माछा सर्प आदि सबै जीबहरु बीच सम्झौता हुन्छ । अन्तत ती सम्पूर्ण प्राणीहरुले मालिकको महलमा आक्रमण गरी मालिकको सम्पुर्ण अस्तित्वनै सखाप पार्छन् । कालान्तरमा मालिकले बाधेको बाधपनि फुट्दछ र जबरजस्ति जमाएको पानीले मालिकको धरजग्गा सबै बगाउछ । मालिकको भुत बर्तमान र भविश्य सबै नष्ट हुन्छ । त्यसपछि यदि मालिकको केही अबशेष बाकि छ भने त्यो अबशेषनै यो कथा हो ।

– विश्वविद्यालय क्याम्पस कीर्तिपुर काठमाण्डौं

-दावाँ, भोजपुर

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.