~महादेब अधिकारी~
तियाली#१
मनको चरी अर्कैको घर पिंजडा परेको
त्योदेखि मेरा नयन बाट निर्झरा झरेको
कसरी बाँचौँ मुटुनै मेरो छ अन्तै सरेको।
तियाली#२
यो संसार हामीले त छाडि जानै पर्छ
यति कुरो बुझ्ने ब्यक्ति शुभकार्य गर्छ
पाप-धर्म ज-जे रोप्छौँ दुबै कुरा सर्छ।
तियाली#३
शत्रुलाई गुरू मान्ने सधै सचेत् हुन्छ।
तर यस्तो महान् आत्मा भन आज कुन छ ?
खनि खोस्री खोज्न सके माटो भित्र सुन छ।
– तनहुँ हाल काठमाडौ