~विक्रम सुब्बा~
सकृय पाइतालाहरुले टेकेपछि
धर्तीमा गोरेटोको जन्म हुन्छ
कुनै साइतमा गोरेटो छेउबाट सियोझैँ पस्यो
र जङ्गलको रुमालमा बस्तीहरुको बुट्टा भ-यो
हो, सबैतिरबाट सकृय भए अनेक गोरेटाहरू
र बस्तीहरूमा सभ्यताका इन्द्रेणी लर्काइदिए
गोरेटो, कहिले डुल्दै घुम्दै खोलामा झर्छ
र पूलका बलिया हातहरूले अँठ्याएर
वारिपारीका गाउँहरुलाई जोड्छ
जस्तोकि शरीरमा दौडिरहने रगतका गोरेटाले
मुटु र धड्कनको लयलाई एकठाउँमा जोड्छ
गोरेटो –
मर्छु भन्नेलाई रूँदै–रूदै मसानघाट पु–याउँछ
चढछु भन्नेलाई हाँस्दै-हाँस्दै सगरमाथा चढाउँछ ।