~शक्तिराज नेपाल ‘कपुर’~
लाहुरेदाई
तिमी आफना कैयौं दिनहरुमा
आफनो गाउँ, जन्मभूमि र आफनो पूर्वपसिनाको सम्झनामा
पुनः पुन सदा तिमी आउँथ्यो लाहुरे दाइ
आफनो पसिनाको धारा अनि
कर्तब्यको निशानामाथि
केहि क्षणका लागि भएपनि पूर्ण विराम लगाउदै
आफना प्यारा सोल्टिनीहरुका निमित्त
धेरै नै सम्झनाका कोशेलीहरु अनि
सुन्दर एवं उत्तम झोलीहरु झोलामा कस्दै
साङ्गितिक तरङ्गमा रम्दै
हास्दै, गाउँदै, रमाउँदै आउँथ्यो तिमी लाहुरे दाई
तर, यहाँ त तिम्रो जन्मभूमि, आफनो गाउँघर
उजाडिरहेका छन् अनि तिम्रा सोल्टिनीहरु
तिमीलाई विर्सि विर्सि अन्तर्मनको
प्रभावबाट परी हैसियतदेखि गिरिरहेकाछन्
सायद लाग्छ तिमीलाई चिन्ने छैनन्
त्यसैले तिमीले त्यहाँ ब… पार्नुपर्छ
जहाँ उजाडिएको छ अनि
सोल्टिनीको अस्तित्व खोजाउनुपर्छ यहाँ
अनि … तिमी आफना जुत्ताको न्टाइलाई
तीब्र ठूलो आवाजमा रन्थाउदै
तिमी आउँथ्यौ लाहुरे दाई … तिमी आउँथ्यौ
अनि आफनो कोशेलीको पोको अनि
भेरियालाई अघि… लाउदै आफु रमाउँदै
आकाशे बादल र मेघको चालमा आउँथ्यौ
जिउभरीको पसिनालाई बर्षा झै बगाई
सोल्टिनी भेट्ने आशमा आउथ्यौ तिमी
तर … तर, लाहुरे दाइ, तिमी आउनु भन्दा अघि नै
अन्योलिएका छन् तिम्रा सहपाठीहरु
एकोहोरिएका छन् तिम्रा सोल्टिनीहरु
अनि अवाकिरहेका छन् तिम्रा हस्तवान्हरु
सबै अल्पसोंचमा परेका छन्
तब के .. गर्छौ ?
तर, लाहुरे दाइ
तिम्रो पसिनालाई व्यर्थमा पोख्याउनु हुन्न
तिम्रा कोशेलीलाई व्यर्थमा ओइलाउु हुन्न
त्यसैले एकचोटी ब्युँझाउ, सोल्टिनीहरु
जगाऊ सहपाठीलाई
संसार हेर्न लगाई
लाहुरे दाइको गीत गवाऊ
तबमात्र,
तिम्रा ती सम्मानको शान बढ्नेछ
तिम्रा ती चतु¥याँइको बखान बढ्नेछ
त्यसैले पनि तिमी सबलाई जगाउन
फेरि आउ लाहुरे दाइ … फेरी आउ ।
–शक्तिराज नेपाल “कपुर”, कटुन्जे ५ भोजपुर
हाल धनकुटा बहुमुखी क्याम्पस
(स्रोत : धनकुटा सन्देश – अंक ७, सेप्टेम्बर २००५)