कविता : हाँस्दै बोल्दै दुइ मुटु वीच

~देव गुरुङ~

हाँस्दै बोल्दै दुइ मुटु वीच खोई कहिले देखि ,
गहिरो माया वसि सकेछ थाहै भएन मलाई ।

झट्टै हेर्दा वगैचामा फुल मात्रै देखे ,
काँढा पनि हुदो रहेछ थाहै भएन मलाई ।

ठड्याईसके थिए मैले सपनाको महल ,
सपना त सपना नै हुन्छ यादै भएन मलाई ।

समाज नामको धमिरोले हाम्रो प्रेमको डोरी ,
शनै शनै काटि दिएछ थाहै भएन मलाई ।

अभावले चाट्यो अनि कति वेदनाले पोल्यो ,
जिन्दगीले ढाँट्यो कसरी विश्वासै भएन मलाई ।

आफ्नै भाग्य खोटो रहेछ दोष कसैको छैन ,
मनपर्ने लाई वेहोर्ने त भाग्यै भएन मलाई ।

थाकि सके मन मेरो घाउ सिउदा सिउदै ,
हृदय नै फाट्यो कति यादै भएन मलाई ।

आँट गरेर ठूलै दाउमा जुवा खेले मैले ,
जिन्दगी नै हारे पछि होसै भएन मलाई ।

-हङकङ
June 26, 2006

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.