लघुकथा : स्वार्थ

~दिपक अभिमन्यू~

बिहानै मर्निङ्गवाकमा हिडेका राम बिक्रमलाई तेजरफतारमा आएको गाडीले ठक्कर दियो। उनी गम्भीर घाइते भए । उनको दुरघटनाको खबर हावासरी फैलियो । सामाजिक सञ्जालमा उनको स्वास्थ्यलाभको कामना गर्दै अनेकौं शुभेच्छ्याहरु पोष्ट गरिए भए ।

उनी खतरामुक्त थिएनन्।उपचारत अस्पतालमा उनलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्न आफन्तजन र शुभचिन्तकहरुको भीड लाग्यो । नर्स तथा त्यहाका कर्मचारीहरुलाई भीड व्यवस्थापन गर्न कठिन जस्तै भयो।उनीहरुलाई व्यवस्थापनले भिड नगरिदिन अनुरोध गर्दा गर्दैपनि बिरमीलाई भेट्दै शुभेच्छ्या टक्र्याईरहे । त्यति मात्र होईन बिरामीका छेउमा उभिएर अनेकौं पोजमा सेल्फी खिच्न समेत भ्याए ।

केही समयपछि उ निको भयो र उनी अस्पतालबाट डिस्चार्ज भए । अनी जिबित भए तर उनी पहिले झैं सहज रुपमा हिड्न डुल्न लट्ठीको सहारा बिना हिडडुल गर्न कठिन भयो । उनलाई पार्टीले नि जिम्मेवारीबाट हटायो । उनको अब कहि कुनै पावर। बाँकी रहेन । अचेल दिनभरि बरण्डामा बाटोतिर हेर्दै बाटोमा आउने जानेहरुको गणना गर्नु कस्ता कस्ता मान्छे हिडे कस्को हिडाई कस्तो कस्को लवाई कस्तो आदि आदि उनको दिनचर्या थियो उनले तिनै आफन्तजन र शुभचिन्तकहरुलाई सम्झे जो अस्पतालमा तट्टछाडमछाड गर्दै उसको स्वास्थ्य लाभको कामना गर्न पुगेका थिए । उनलाई शुभेच्छ्या प्रकट गर्न जानेहरुको लिष्ट हेर्यो र धेरैलाई फोन गर्यो । तर अचम्म सबै जसोले उस्तै उस्तै जाफ दिए । अचेल अलि व्यस्त छु समय मिलाएर हजुरकोमा निस्कन्छु । अनि उसलाई लाग्यो हिजो उसंग पावर थियो त्यसैले उसलाई भेट्ने भीड थियो तर आज उसंग केहि थिएन केबल चिरान पर्खिरहेको रुखको ठुटो झै थियो उ । पटक पटक फवन गर्यो भेट्ने रहरको खबर पठायो तर ती शीघ्र स्वास्थ्यलाभको कामना गर्न तछाड मछाड गर्न आइपुगेका तिनीहरु कोही आएनन् । किनकि उ रित्तो थियो । उजाडिएको नाङ्गो रुख थियो ।जोसंग न सियालको न शितलताको अपेक्षा राख्न सकिन्थ्यो ।

२०७६।१२।१६

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.