कवि लिम्वु ‘आँशु’का पाँच ताङ्का

~कवि लिम्वु ‘आँशु’~

मुटु मिचेर
दोष दिउँ कस्लाई
भाग्य आफनै
खोटो भइदिए सि
आवरा जिन्दगी भो ।

भन्दैन चेली
राता रात बेचिन्छ
मौन छ सबै
हाट हजारी खेल
किन्नेहरूको भीड ।

ऋण बोकेर
दिनरात बेचिन्छ
पैसामा मान्छे
जुनिभरी दास भै
रजाई मालिकको ।

मलाई अब
मायाको सागरमा
डुब्नु छैन है
बाच्ने मर्ने कसम
खानेलाई देख्या छु ।

कस्तो नियत
पापी भनु या धर्मी
डुंगाको मन
बाहिर राम राम
भित्र बगली छाम ।

This entry was posted in ताङ्का and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.