~आशांक उपाध्याय~
यात्रा शुरु गर्दा खेरि लक्ष्य हाम्रो पारि थियो
हास्दै खेल्दै रमाउदै यात्रा हाम्रो जारी थियो
प्रारम्भ मै यात्रालाई सामल तामल ठिक्क ठाक्क
एक्लै बोक्नै नसकिने गुन्टा पनि भारी थियो
कहिले छिटै हिड्ने अनि कहिले थकाई मार्दै मार्दै
थकाई मार्न खोला बिचमा वर पिपलु छहारी थियो
झर्न खोज्दा तिम्रा आशुँ मेरा ओठले रोकिदिन्थें
बाटै भरी जता ततै ब्वाँसा लुक्ने घारी थियो
यात्रा संगै माया पनि अझ गाढा बन्दै गयो
तिमि संगै नाच्ने गाउने माया फुल्ने बारी थियो
– सर्लाही, जनकपुर, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)