~मधुश्री~
बिद्बान हामी दर्पण थियौँ बदल्न समाज
छर्नुथ्यो ज्ञान हुन्नथ्यो दुःख संकट यो आज
निद्रामा डुब्यौँ सपना दिवा देखेरै हरायौँ
भुलेर आफ्नो बिद्धता सस्तो हावामा फरायौँ
अन्याय-न्याय गलत-सही छुट्यौँन सकेनौँ
पुज्यथ्यौँ हामी पुजाको अर्थ बुझ्नेनै भएनौँ
नबोल्नु पर्ने बोल्दैछौँ कतै रोकिन्छौँ सत्यमा
हैरान हुँदै देखिन्छौँ फेरी पछुतो अन्त्यमा
पँधेरी रुन्छे पानीको लागि अँधेरी दियालो
अज्ञानी रुन्छ ज्ञानको लागि ज्ञानीको हाल यो
रोकिन्छ गति अगाडी बढ्ने अन्यौलै भएर
सत्यको बाटो देखिन्न यहाँ दोधारे भएर
न पुछ्न सक्छौँ आमाको आँशु न हाँस्न सक्नेछौँ
पिजडा भित्र पर्दैछौँ हामी न रुन सक्नेछौँ
देख्नुछ मृत्यु सामुन्ने अघि भोक र प्यासले
बाँधिन्छ सत्य डरले यहाँ विवेक त्रासले
आँखाको पट्टी खोलेर हेरौँ डुबेको धर्ती यो
अस्तित्व मेटी विवेक सुन्य भएको भर्ती यो
दुखिया बस्ती किचेर बन्ने महल पाटोमा
शीखर कस्तो देख्दैछौँ हामी हिडेको बाटोमा ?!
मधुश्री
६ भाद्र २०६८
(स्रोत : रचनाकारको ब्लगबाट सभार)