~राई रमेश गाउँले~
नवोले नी धेरै वात, बुझ्ने भई सके म
कस्तो हुँदो रै छ घात, बुझ्ने भई सके म
नदेखाउ अव मलाई, दीवा स्वप्न तिमी धेरै
स्वार्थ पूर्ण तिम्रो साथ, वुझ्ने भई सके म
खेल हैन पुतलीको, कसैसँग प्रेम हुनु
आधा विचमा छोड्ने हात, वुझ्ने भईसके म
नसम्झ मलाई तिमी, बैंस पोख्ने चौतारी यो
जवानीको तिम्रो मात, बुझ्ने भई सके म
पर्नु छैन भर तिम्रो, गर्नु छैन चिन्ता फेरी
तिरस्कारको तिम्रो लात, बुझ्ने भई सके म
24th August 2008
गाउँलेगोठ खोटाङ-हाल,कतार
(स्रोत : खोटाङ डट अर्ग)