~कोमल प्रसाद श्रेष्ठ मल्ल~
लङ्गडो सोखमा
बहिरा नेताहरु
बुरुक बुरुक उफ्रदै
एम्बुस बिछ्याउँन
गोला, डाइनामाइट, बन्दुक पड्काउँछन्
मेसिनगन भुट्छन, बम, बारुद विस्फोट हुन्छन
व्यानेट घोप्छन, ग्रिनेट हान्छन,
खुकुरी, तरवार नचाउँछन्, अश्रृग्यास फ्याक्छन
अस्तित्व बेच्छन, अस्मिता लुट्छन
मात्र कर्ुर्सर्ीीे लागि जनता जर्नादन भाकेर
दणिक्ष देखि उत्तरसम्म नागरिकता लेखि दिन्छन
त्यसैले त दक्षिणका सागरहरु
पहाड पहाड चढ्दैछन,
उत्तरका हिमालहरु,
समथर समथर र्झन खोज्दैछन
तर भ्रष्ट मिसाइल, क्षेप्यास्त्र नेताहरु
दशगजाको हत्या हुँदा
आँसु पनि झार्दैनन्, आसोच पनि बार्दैनन्
बरु टुलु टुलु हेरि रहन्छन् विखण्डनको चस्मा लगाएर !
अब,
चन्द्र, र्सर्ूय, किर्तिको बोलि विक्छ र –
उत्तर, दक्षिण र पातालको बजारमा
मरिच, तुल्सीको चीर न्रि्रा खुल्छ र –
कालरीत्रीको संहारमा
किनकी
कालरात्रीकोपनि कालरात्री मच्चीरहेछ हिजो झैं
सम्राटमृत्यु दानी भएर नेताको मनोमानीको आँधिहुरी चलेर !
उफ ! चन्द्र सूर्य ध्वजा रगताम्य फाँसीमा झूण्डीदैछ
नेताहरुले सफेद क्रियाकर्मको शंखनाद गरेर !
खै बुद्ध, सीता – खै बुद्ध, सिता ?
बुढो गिरी……जा,
माध……व हरुवा,
शे…..रे छेरुवा,
अनि प्र…….चण्ड पानी मरुवाको कलात्मक महायुद्धमा
कूलेलम ठोकेको निरंकुश ज्ञानबाट
अर्ति,”उपदेश” विशेष पाउनेहरु कूर्लेर
के होला राष्ट्रबादको उब्जनी ?
भक्ति मरेका थरि थरिका
राजनैतिक चक्रव्युहका
फोहरि श्रष्टा, सर्जकबाट
जो पित्तल हुन
सुनको जलपमा हिराको चमक धमक
र अपाङ्ग श्रद्धाभक्तिको “श्रद्धासुमन”
विखण्डन गर्जेर,
समावेसि बर्सेर ेउत्तर दक्षिण बगेर
चिता र मसानमा चढाउँछन्
बाँच्नुको अर्थमा मृत्युको पाठ सिकाउँछन
सस्ता राजनैतिकका बुज्रुक कृर्तिकारहरु !