कविता : प्रेमको रंग-३

~दीपा राई~

अँधेरिएको समुन्द्रको अम्ली समातेर
बिहानीलाई पर्खेको छु
लाग्दै छ- आदिम समयले काटीँ खुट्टामा ठोकेर
म किनारमा उभिएको छु
उभिएको छ समय
समुन्द्रको हावाले बोकी ल्याएको नुनिलो
पीडाको परेलीले बोकी ल्याएको नुनिलो
ग्रीष्मको रापले शरिरको तन्तु तन्तुमा
उमारेको नुनिलो मिसिएर
अझ चर्को नुनिलो भएको छ
त्यहि नुनिलो भित्र
तिम्रो सम्झनाको तातो रापले
मुसारेको मेरो हिउँ मन
चल-मलाई बस्छ
तरल बन्नलाई
पर्खेर
एउटा कलिलो रातो
तातो मायालु बिहानलाई ।

गान्तोक, सिक्किम।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.