लोक गीत : नेपाली जीवन (संरक्षण गीत)

~श्यामसुन्दर श्रेष्ठ~

कालोमा कालो कोदाको बालो, टिप्नलाई गार्‍हो छ
नेपाली जीवन पहाडको ठाउँमा बाँच्नलाई गार्‍हो छ,
दाजै बाँच्नलाई गार्‍हो छ । १

यता नि पहिरो उता नि पहिरो ढुङ्घाको ओईरो छ
कतै जाउँ भने जाने ठाउँ छैन यहीं बस्न गा¥हो छ,
दाजै यहीं बस्न गार्‍हो छ । २

पानी है दक्र्यो मन नै थक्र्यो घर लाग्यो भत्कनै
गरर्र हुन्छ घरर्र हुन्छ जीउ भयो लत्रङ्घै,
दाजै जीउ भयो लत्रङ्घै । ३

सत्ताइसौं पहिरो सत्ताइसौं ओइरो के यस्तो अचम्भै
कहिले होला यसलाई अब बनाउने लौ जम्मै,
दाजै बनाउने लौ जम्मै । ४

घरै भत्क्यो मान्छे नि मर्‍यो ढुङ्घाले खेत पु¥यो
मर्ने त मर्‍यो पीरै टर्‍यो बाँच्ने भो टुहुरो,
दाजै बाँच्ने भो टुहुरो । ५

तामा झैं देखिने फापरै बारी नराम्रो खेत टारी
पहिरोले लग्यो पहिरोले पुर्‍यो भएको खेतबारी,
दाजै भएको खेतबारी । ६

ढाँडैको मुनि खेतबस्ती हुने मानिसहरु हो
दर्कदा पानी थर्कदा जमिन होसियार हुनुहोस्,
दाजै होसियार हुनुहोस् । ७

अल्छीको बल्छी पहिरो र गल्छी सपार्ने कसरी
आवश्यक छ है गर्नलाइ अब संरक्षण खेतबारी,
दाजै संरक्षण खेतबारी । ८

श्यामसुन्दर श्रेष्ठ
रसुवा

(स्रोत : लेखकको ब्लगबाट सभार)

This entry was posted in लोक गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.