~सदानन्द अभागी~
छ पल्लवित सुन्दरता मुस्कानको रातमा
जून थिए ढकमक्क हामी दुबै मातमा
रस लाग्दो शरीरको श्वेत वर्ण छाती
अति सुन्दर माछापुच्छूे बन्दी बने हातमा
खुला थियो आकाश, अनि गगनभरि तारा
मगमगी रातकी रानी चन्द्रमाको साथमा
दिलको चोरी मन खोली बित्यो सकल रात
भित्र्याउने बेलामा अड्कन गो जातमा
जातभन्दा भातभन्दा मानवता ठूलो
मानवता हीनतामा परिन्छ है घातमा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )